डा. भट्टराईले भने : अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊँ ! « Khabarhub

डा. भट्टराईले भने : अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊँ !


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संवैधानिक परिषदलाई ‘ओली परिषद’को संज्ञा दिएका छन् ।

प्रधानमन्त्री ओलीले संवैधानिक आयोगसम्बन्धी अध्यादेश ल्याएर निम्छरा संवैधानिक आयोगलाई ओली परिषदमार्फत पूर्णता दिन लागेको उनले आरोप लगाएका हुन् ।

भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘त्यसै त निम्छरा संवैधानिक आयोग, अब अध्यादेशमार्फत बनेको तीनजनाको ओली परिषदले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान् ? त्यत्रो बलिदानमार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त ?’

अर्को विनाशकारी अध्यादेशअघि नै संसद अधिवेशन बोलाउनुपर्ने भट्टराईले माग गरेका छन् ।

यस्तो छ उनको ट्वीट

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ६ : ०० बजे

स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा – स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको

पदयात्रा रोक्न टानको आग्रह

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्रा रोक्न

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

काठमाडौं – सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली