छातीमा कफ जमे घरभित्रै यसरी निको पार्नुहोस् « Khabarhub

छातीमा कफ जमे घरभित्रै यसरी निको पार्नुहोस्


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चिसो मौसममा रुघाखोकी लाग्नु र छातीमा कफ जम्नु आम समस्या हो । तर छाती कफ जम्नाले सास फेर्न समस्या हुने मात्र होइन अन्य धेरै समस्याहरु जन्माउँछ । जसबाट छुटकारा पाउन केही घरेलु उपायहरु रहेका छन् ।

१. एक चम्चा महमा २ चम्चा कागतीको रस मिसाएर पिएमा घाँटीमा आराम पुग्नुका साथै छातीमा जमेको कफ निकाल्न समेत मद्दत पुर्याउँछ ।

२. स्वादमा पिरो र तिख्खर हुने मरिच समेत छातीमा कफ जमेको हटाउन राम्रो विकल्प हुन्छ । दैनिक एक कप पानीमा २० दाना मरिच उमालेर महमा मिसाइ पिएमा कफलाई निमिट्यान्न पार्दछ । यसले खोकी र यसको इन्फेक्सन समेत हटाउँछ ।

३. छातीमा जमेको कफ निकाल्न अंगुरको जुसमा दुई चम्चा मह मिसाइ पिउँदा समेत राम्रो लाभ मिल्दछ । अंगुरको जुसमा नुन र मरिच मिसाएर पिउनाले छिटो फाइदा हुन्छ ।

४. छातीमा कफ जमेको महशुस भएमा तातो पानी पिउनुहोस् । यसले तपाईंको छाती र घाँटीमा जमेको कफको मात्रालाई कम गर्छ ।

५. नुनपानीले कुल्ला गर्नाले घाँटीलाई राहत मिल्छ र घाँटीमा जमेको कफ सफा हुन्छ । यसले घाँटी सफा हुन्छ र घाँटीमा भएका सबै किटाणु पनि मर्छन् ।

६. तातोपानीमा एक चम्चा बेसार मिसाएर पिएमा यसले कफलाई पातलो बनाउन मद्धत गर्छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : २४ बजे

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय