मलेसियामा अबैध बसेकाले स्वदेश फर्कन के गर्ने ? कति खर्च लाग्छ ? यस्तो छ प्रक्रिया « Khabarhub

मलेसियामा अबैध बसेकाले स्वदेश फर्कन के गर्ने ? कति खर्च लाग्छ ? यस्तो छ प्रक्रिया



क्वालालम्पुर– मलेसिया अवैधानिक रुपले बसेका नेपाली कामदारहरुलाई स्वदेश फ्रितिका लागि त्यहाँको सरकारले आममाफी दिएको छ ।

जस अन्तर्गत दुई वटा कार्यक्रमको घोषणा गरेको छ । अवैधानिक नेपाली कामदारले कि त निश्चित प्रक्रिया पूरा गरेर मलेसियामै वैधानिक भइ काम गर्न सक्नेछन् ।

अर्को चाहिँ सहुलियत दरको जरिबाना तिरेर आफ्नो देश फर्कन सक्नेछन् । घर फर्कन चाहने श्रमिकले पाँच सय रिंगिट तिरेर स्वदेश फर्कन सक्ने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

यस्तो छ घर फर्कने प्रक्रिया

No description available.

दूतावासले उपलब्ध लिंकमा गएर पहिला अनलाइन ‘अपोइन्टमेन्ट’ लिनुपर्छ । आफूसँग यात्रा अनुमतिपत्र या पासपोर्ट छ भने सिधै यो अपोइन्टमेन्ट लिन सकिने दूतावासले जनाएको छ ।

नभएको खण्डमा दूतावासमा गएर यात्रा अनुमतिपत्र बनाउनु पर्छ । यात्रा अनुमतिपत्र बनाउनका लागि दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगिट दस्तुर तिर्नुपर्छ ।

त्यसपछि अपोइन्टमेन्टको दिन आवश्यक कागजातहरु लिएर आपोइन्टमेन्ट लिएको अध्यागमन कार्यालय जानुपर्छ । मलेसियन सरकारले तोकेको पाँच सय रिंगिट जरिबाना शुल्क तिरेपछि घर फर्कने चेकआउट मेमो लिन सकिने जनाएको छ ।

नेपाल फर्कनका लागि साथमा चेकआउट मेमो, हवाई टिकट र ७२ घण्टा भित्रको कोभिड पीसीआर नेगेटिभ रहेको रिपोर्ट अनिवार्य रहेको दूतावासले जनाएको छ ।

कोरोना जाँच गरेको रिपोर्ट र १४ दिनभित्र स्वदेश फर्कने गरी घर फर्कनका लागि काटेको टिकटको प्रतिलिपि पनि आवश्यक पर्छ । जरिबाना बैंक कार्डमार्फत पनि तिर्न पर्नेछ ।

यसबारेमा थप बुझ्न परेमा मलेसियामा रहेको नेपाली दूतावासको श्रम शाखामा ०३२०२०१८९८, ०३२०२०१८९९ वा ०३२०२०१९०१ मा सम्पर्क गर्न सकिने छ भने दूतावासको हटलाइन नम्बर ०१६२४७२७७७ पनि सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : ४२ बजे

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका

झापामा दुई छुट्टाछुट्टै दुर्घटना, दुई महिलाको मृत्यु

झापा – झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले