ओमान-अमेरिका-नेपालको त्रिकोणात्मक क्रिकेट सिरिज मार्चमा « Khabarhub

ओमान-अमेरिका-नेपालको त्रिकोणात्मक क्रिकेट सिरिज मार्चमा


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । आईसीसीले बुधबार कोरोना भाइरसका कारण स्थगित लिग–२ को खेल तालिका पुनः सार्वजनिक गरेको हो ।

ओमानमा नेपालले मार्च १९देखि २८ २०२१ सम्म खेल्नेछ । नेपालले ओमान र अमेरिकासँग खेल्दै आफ्नो यात्रा निरन्तर गर्नेछ ।

कोरोना भाइरसका कारण पटक–पटक सर्दै आएको लिग २ को तालिका अब आईसीसीले २०२३ सम्मका सबै खेलको मिति सार्वजनिक गरेको हो ।

यस्तो, तेस्रो सिरिज जुन महिनामा नेपालले स्कटल्यान्डसँग उसैको घरेलु मैदानमा पपुवा न्युगिनीसँग खेल्नेछ ।

यस्तै, नेपालले चौथो सिरिज घरेलु मैदानमा २०२२ को फेब्रुअरी महिनामा युइए र पीएनजीसँग खेल्नेछ ।

No description available.

आफ्नो पाँचौ सिरिज नेपालले मार्चमा नामिबियाको मैदानमा नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ ।

जुलाईमा नेपालले अमेरिकामा ओमान र अमेरिकासँग खेल्नेछ । यस्तै, नेपालले सेप्टेम्बर अन्तिममा पीएनजी, र युएईसँग खेल्नेछ ।

२०२३ फ्रेब्रुअरीमा काठमाडौँमा नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ भने युएईमा नेपाल र पीएनजीसँग खेल्नेछ ।

पहिलो सिरिज नेपालले गएको माघमा काठमाडौंमा अमेरिका र ओमानसँग खेलेको थियो । जसमा नेपालले अमेरिकासँगका दुवै खेलमा जित हात पारेको थियो भने ओमानसँगका दुवै खेलमा हार व्येहोरेको थियो ।

नेपाली क्रिकेट टीम मंसिर दोस्रो सातादेखि बन्द प्रशिक्षणमा थियो । तर, मंगलबार सम्पन्न गौतम बु्द्द्ध कपका कारण खेलाडी रिलिज गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  २ : ०२ बजे

एशियन भिलेज रिसोर्टका अध्यक्ष पक्राउ, विष्णु पौडेलसँग शंकास्पद कारोबार रहेको जिकिर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर आरोपमा

वर्षा भन्छिन् : दीपक-दीपाको जस्तो सम्बन्ध सधैँ अटल रहोस्

काठमाडौं– कलाकार दीपाश्री निरौला ब्रेन ट्युमरसँग लडिरहँदा उनका प्रिय सहकर्मी

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित

खोटाङ– नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार

आयल निगमले अबदेखि खान पकाउने ग्यास भरी सिलिन्डर बेच्ने

काठमाडौं- नेपाल आयल निगमले बुधबारदेखि देशभर पूर्ण तौल (भरी सिलिण्डर)