शाहरुख खानको फिल्म ‘बादशाह’ बन्न लागेको थियो ७ वर्ष | Khabarhub Khabarhub

शाहरुख खानको फिल्म ‘बादशाह’ बन्न लागेको थियो ७ वर्ष


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड किङ शाहरुख खानले नब्बेको दशकमा बाजीगर, दिल तो पागल है, दिलवाले दुल्हिनिया ले जाएंगे, कुछ कुछ होता है जस्ता हिट फिल्म दिए । उनले कमेडीमा पनि उत्कृष्ट भूमिका निभाए ।

उनले अब्बास मस्तानको फिल्म ‘बादशाह’ मा अहम् भूमिका निभाएका थिए । यो फिल्म रिलिज भएपछि खुबै नाम कमायो । फिल्मको चर्चा पनि उत्तिकै भयो ।

यो फिल्म अहिले पनि शाहरुख खानको उत्कृष्ट फिल्ममध्ये एक मानिन्छ ।

सुन्दा रमाइलो लाग्ने कुरा त यो छ कि, यो फिल्म निर्माण सम्पन्न हुन सात वर्ष लागेको थियो ।

यो फिल्म सन् १९९९ को अगस्तमा रिलिज गरिएको थियो । रिलिजका दौरान शाहरुखले भनेका थिए, ‘जतिबेला हामीले यो फिल्म निर्माण थाल्यौं, त्यतिबेला फिल्मको कहानी फरक थियो, यसलाई नबनाउने र फेरि लेख्ने सल्लाह भयो ।’

बीचमा समय पनि त्यस्तै भयो । त्यतिबेला अब्बास मस्तानीलाई पनि अर्को फिल्म बनाउनुपर्ने थियो । र, शाहरुख पनि अर्को फिल्मका लागि समय दिनुपर्ने थियो । त्यसैले फिल्मको छायांकन बीचमै रोकिएको थियो ।

‘त्यसैले पनि यो फिल्म पूरा गर्न लामो समय लाग्यो, फिल्ममा समावेश गीत बादशाह, ओ बादशाह त्यही दिन लेखिएको थियो, जुन दिन बाजीगर रिलिज भएको थियो,’ शाहरुखले भनेका छन् ।

फिल्म निर्माण सम्पन्न हुन लामो समय लागे पनि मेहनत व्यर्थ नगएको शाहरुख बताउँछन् । फिल्मले शाहरूखको करिअरमा पनि फाइदा पुर्‍याएको थियो ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  २ : ५८ बजे

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा