'क्लिनफिड'ले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालन | Khabarhub Khabarhub

‘क्लिनफिड’ले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालन


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् ।

विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने स्टार नेटवर्कअन्तर्गतका ३२ वटा च्यानल मङ्गलबारबाट पुनः सञ्चालनमा आएको हो ।

विदेशी ब्रोडकास्टरले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध गराउन नसकेका कारण प्रसारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापनरहित प्रसारणमा आएको डिसहोम मिडिया प्रालिले जनाएको छ ।

डिसहोम मिडिया प्रालिका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार स्टार नेटवर्कअन्तर्गत स्टार प्लस, स्टार गोल्ड, स्टार भारत, स्टार मुभिज, स्टार गोल्ड, स्टार गोल्ड टु, स्टार गोल्ड सेलेक्ट, स्टार प्लस एसडी, स्टार उत्सभ मुभिजलगायत च्यानल विज्ञापनरहित प्रसारणमा आएका छन् ।

उनका अनुसार विदेशी ब्रोडकास्टले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध गराउन नसक्दा तथा आएका उपकरणसमेत करीब एक महिनाभन्दा बढी भन्सार कार्यालयमा रोकिँदा च्यानल पुनः सञ्चालनमा आउन समय लागेको हो ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ४ : १५ बजे

सुत्केरी हुन नसकेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार

मान्म– सुत्केरी हुन नसकेपछि एक महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने

चितवन–  भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा

पूर्वमन्त्री बस्नेत र प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित १६ विरुद्ध सवा ३ अर्बको भ्रष्टाचार मुद्दा

काठमाडौ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन सूचना तथा सञ्चार मन्त्री

जेनजी पुस्ता नेतृत्वमा आउनुपर्छ : वर्षमान पुन

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले डिजिटल प्रविधि र

चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष