संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन ओली सहमत | Khabarhub Khabarhub

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन ओली सहमत


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मंगलवार जारी गरिएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमति जनाएका छन् ।

नेकपाका एक स्थायी कमिटी सदस्यले दिएको जानकारी अनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको छलफलपछि ओली अध्यादेश फिर्ता गर्न सहमत भएका हुन् ।

नेकपा भित्रको विवादका बीच ओलीले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए । उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजै जारी गरेकी थिइन् ।

अध्यादेश जारी हुनासाथ प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीको चर्को विरोध गरेका थिए । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले उक्त अध्यादेश तुरुन्तै फिर्ता गर्नुपर्ने बताएका थिए ।

नेकपा विवाद चरम उत्कर्षमा पुगेका बेला अध्यक्ष केपी शर्मा ओलीले मंगलवार बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएका थिएनन् ।

त्यस्तै २८ गते पनि ओलीले बोलाएको बैठकमा सभामुखसहित काँग्रेस सभापति शेरबहादुर देउवा पनि उपस्थित भएका थिएनन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ४ : ४९ बजे

धनुष-मृणालको सम्बन्धको अफवाहलाई मृणालले दिइन् जवाफ

मुम्बई – बलिउड अभिनेत्री मृणाल ठाकुर र दक्षिण भारतीय सुपरस्टार

कानूनसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिका बैठक बस्दै

वराहक्षेत्रका मठमन्दिरको कन्तबिजोग, न गुठीको आम्दानी, न भक्तजनको घुइँचो

काठमाडौं- सुनसरी जिल्लाको साविक वराहक्षेत्र गाविससँगै भरौल, महेन्द्रनगर, प्रकाशपुर र

स्पेन र पोर्चुगलको तापक्रम ४० डिग्री नाघ्यो

स्पेन – दक्षिणी युरोपमा तापक्रम बढी रहेको छ यो क्षेत्रमा

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयसम्बन्धी प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौं– प्रतिनिधिसभा बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १