२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ। जसमध्ये गत २४ घण्टामा ७ सय ३६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा ४, झापामा ११, पाँचथरमा १, भोजपुरमा १, मोरङमा १४, संखुवासभामा १ ३ र सुनसरीमा १९ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश २ को धुनषामा ६, पर्सामा ९, बारामा २, महोत्तरीमा १ र सर्लाहीमा २ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौं  २९४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ८, चितवनमा १६, दोलखामा ३, धादिङमा ७, नुवाकोटमा १६, भक्तपुरमा २०, मकवानपुरमा १३, रसुवामा ३, रामेछापमा १, ललितपुरमा ७७ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गण्डकी प्रदेशको कास्कीमा ४५, गोरखामा १४, तनहुँमा ७, नवलपरासी पूर्वमा १, पर्वतमा २, लमजुङमा ६, बागलुङमा ४ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा २, गुल्मीमा ५, दाङमा ५, नवलपरासीमा २, पाल्पामा ८, प्यूठानमा ६, बर्दियामा ४, बाँकेमा २२, रुकुम पूर्वमा १, रोल्पामा २ र रुपन्देहीमा २५ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेशको सुर्खेतमा मात्र २ जनामा कोरोना भेटिएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा २५, कैलालीमा १, डडेल्धुरामा १ र बझाङमा ३ जनामा कोरोनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : ४३ बजे

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी

मंसिर १ गतेदेखि सर्वोच्च अदालतका सबै सेवा सुचारु हुने

काठमाडौँ- मंसिर १ गतेदेखि सर्वोच्च अदालतले सबै खालका सेवा सुचारु

तापक्रम नियन्त्रणमा राख्ने बाचा असफल भयो :महासचिव गुटेर्रेस

बेलेम – विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने

राजस्व कार्यालय धरानका अधिकृतविरुद्ध मुद्दा दायर, १ करोड २३ लाख भ्रष्टाचार गरेको आरोप

काठमाडौँ– आर्थिक अनियमितताको आरोपमा आन्तरिक राजस्व कार्यालय, धरानका कर अधिकृत