८३ सांसदको हस्ताक्षर बोकेर शितल निवास पुगेका रावल र भुसाल फर्किए « Khabarhub

८३ सांसदको हस्ताक्षर बोकेर शितल निवास पुगेका रावल र भुसाल फर्किए


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदको विशेष अधिवेशन मागको निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेका नेकपा सांसद निवेदन दर्ता नगरी फर्किएका छन् ।

विशेष अधिवेशन माग गर्ने निवेदन बोकेर बुधबार दिउँसो पौने एक बजे राष्ट्रपति कार्यालय पुगेका नेकपा सांसद भिम रावल र पम्फा भुसाल पार्टी बैठकको औपचारिक निर्णय आएपछि निबेदन दर्ता नगरी फर्किएका हुन् ।

संसद बोलाउन माग गर्दै नेकपाका ८३ जना सांसदको हस्ताक्षर लिएर दिउँसो शीतल निवास पुगेका उनीहरु स्थायी कमिटीले अध्यादेश फिर्ताको निर्णय गरेपछि साँझ ६ बजे निवेदन दर्ता नगरी फर्किएका हुन ।

‘हामी मध्यान्ह नै राष्ट्रपति कार्यालयमा हस्ताक्षरसहितको निवेदन लिएर पुगेका थियौं। तर त्यहाँ सचिव हरि पौडेलसँग निवेदन लिएर दर्ता नम्बर दिनुस् भन्दा मान्‍नु भएन। उहाँले राष्ट्रपतिसँग सोधेर खबर गर्छु भन्‍नु भएको थियो तर त्यति भनेर गएपछि फोन पनि बन्द गरेर हराउनु भयो। निवेदन दर्ता हुने आशमा हामीले दिनभर शीतल निवासमै बितायौं,’ नेता रावलले भने ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रावलले प्रधानमन्त्री स्वयं पार्टीको बैठकमा उपस्थित भएर अध्यादेश फिर्ता लिने भनेपछि आफूहरु फर्किएको बताए ।

‘संवैधानिक मर्मविपरीत जुन ढंगले अध्यादेश जारी गरिएको थियो त्यसबारे छलफलका लागि संसद् अधिवेशन मागको निवेदन लिएर गएका थियौं । तर, पार्टी स्थायी कमिटी बैठकमा आएर प्रधानमन्त्रीले नै त्यो अध्यादेश फिर्ता लिने, अबदेखि त्यसका नियुक्तिहरु सहमति, छलफलबाट गर्ने र पार्टीका अरु समस्या बैठकबाटै गर्ने भनेर निर्णय भएको जानकारी प्राप्त भएपछि जुन उद्देश्यले हामी त्यहाँ गएका थियौं, त्यो उद्देश्य पूरा भएपछि फर्कियौं,’ रावलले भने ।

सरकारले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि सांसद रावल र भुसालले सांसदहरुको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : १७ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने