८३ सांसदको हस्ताक्षर बोकेर शितल निवास पुगेका रावल र भुसाल फर्किए « Khabarhub

८३ सांसदको हस्ताक्षर बोकेर शितल निवास पुगेका रावल र भुसाल फर्किए


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदको विशेष अधिवेशन मागको निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेका नेकपा सांसद निवेदन दर्ता नगरी फर्किएका छन् ।

विशेष अधिवेशन माग गर्ने निवेदन बोकेर बुधबार दिउँसो पौने एक बजे राष्ट्रपति कार्यालय पुगेका नेकपा सांसद भिम रावल र पम्फा भुसाल पार्टी बैठकको औपचारिक निर्णय आएपछि निबेदन दर्ता नगरी फर्किएका हुन् ।

संसद बोलाउन माग गर्दै नेकपाका ८३ जना सांसदको हस्ताक्षर लिएर दिउँसो शीतल निवास पुगेका उनीहरु स्थायी कमिटीले अध्यादेश फिर्ताको निर्णय गरेपछि साँझ ६ बजे निवेदन दर्ता नगरी फर्किएका हुन ।

‘हामी मध्यान्ह नै राष्ट्रपति कार्यालयमा हस्ताक्षरसहितको निवेदन लिएर पुगेका थियौं। तर त्यहाँ सचिव हरि पौडेलसँग निवेदन लिएर दर्ता नम्बर दिनुस् भन्दा मान्‍नु भएन। उहाँले राष्ट्रपतिसँग सोधेर खबर गर्छु भन्‍नु भएको थियो तर त्यति भनेर गएपछि फोन पनि बन्द गरेर हराउनु भयो। निवेदन दर्ता हुने आशमा हामीले दिनभर शीतल निवासमै बितायौं,’ नेता रावलले भने ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रावलले प्रधानमन्त्री स्वयं पार्टीको बैठकमा उपस्थित भएर अध्यादेश फिर्ता लिने भनेपछि आफूहरु फर्किएको बताए ।

‘संवैधानिक मर्मविपरीत जुन ढंगले अध्यादेश जारी गरिएको थियो त्यसबारे छलफलका लागि संसद् अधिवेशन मागको निवेदन लिएर गएका थियौं । तर, पार्टी स्थायी कमिटी बैठकमा आएर प्रधानमन्त्रीले नै त्यो अध्यादेश फिर्ता लिने, अबदेखि त्यसका नियुक्तिहरु सहमति, छलफलबाट गर्ने र पार्टीका अरु समस्या बैठकबाटै गर्ने भनेर निर्णय भएको जानकारी प्राप्त भएपछि जुन उद्देश्यले हामी त्यहाँ गएका थियौं, त्यो उद्देश्य पूरा भएपछि फर्कियौं,’ रावलले भने ।

सरकारले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि सांसद रावल र भुसालले सांसदहरुको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : १७ बजे

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी

बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एमालेले भन्यो- गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ

काठमाडौं– नेकपा एमालेका सांसद भूमिका लिम्बु सुव्वाले गणेश नेपालीको मृत्युको

आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्व गृहमन्त्री अर्याल

काठमाडौं– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले पनि देशमा नागरिकसँग सहकार्य

प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेखेको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण