नाका खुलाउन माग गर्दै काँकडभिट्टामा दिनहुँ प्रदर्शन « Khabarhub

नाका खुलाउन माग गर्दै काँकडभिट्टामा दिनहुँ प्रदर्शन


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल–भारत सीमा नाका खुलाउनु पर्ने माग राख्दै काँकडभिट्टामा दिनहुँ प्रदर्शन हुन थालेको छ ।

प्रदर्शनको छैठौँ दिन आज नाकामा सयौँको उपस्थितिमा धर्ना र र्‍यालीको कार्यक्रम गरिएको थियो ।

स्थानीय यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल व्यवसायीलगायतले नाका खुलाउन माग गर्दै हस्ताक्षर सङ्कलन अभियान, शान्तिपूर्ण र्‍याली र धर्ना जस्ता कार्यक्रम गर्दै आएका छन् ।

आज भएको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीले बताए । प्रहरीले काँकडभिट्टाको सडकमा भएको धर्नालाई बल प्रयोग गरी हटाएको थियो ।

आन्दोलनको अगुवाई होटल व्यवसायी सङ्घ मेचीनगर र ट्राभल सङ्घ झापाले गरेका छन् । जसमा स्थानीयवासीकोसमेत सहभागिता रहेको छ । कोभिड– १९ का कारण १० महिना अघिदेखि नाका बन्द हुँदा मेचीनगरको होटल लगायत समग्र व्यवसाय धरासायी भएको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले बताए ।

उनले सरकारले सबै क्षेत्र खुला गरिसकेका अवस्थामा नाका बन्द गर्नु उचित नभएको बताउनुभयो । “यो नाका अन्तरराष्ट्रिय नाका हो”, उनले भने, “भारतलगायत भूटान, बङ्गलादेशसँग प्रत्यक्ष व्यापार हुँदै आएको नाका खुला नगर्दा हजारौाको रोजीरोटी खोसिएर भोकै बस्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।”

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ९ : १७ बजे

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ– यहाँका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी भन्सारमै रोकिए

वीरगन्ज– मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज

वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान

गाईघाट– खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली

कमलादीमा निजी क्षेत्रको नेता छानिँदै, यस्तो छ चहलपहल (तस्बिरहरू)

काठमाडौं- निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव

वित्तीय अपराधविरुद्ध आक्रमक सरकार, स्मार्ट टेलिकमका सर्वेश जोशी पक्राउ

काठमाडौं- ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा संलग्न आरोपमा सर्वेश जोशी