बेलायतमा एक हप्तामा १ लाख ३७ हजारले बढीले लगाए कोरोनाको खोप | Khabarhub Khabarhub

बेलायतमा एक हप्तामा १ लाख ३७ हजारले बढीले लगाए कोरोनाको खोप


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतमा कोरोनाभाइरस विरुद्धको खोप अहिलेसम्म एक लाख ३७ हजारभन्दा बढीले लगाएका छन् ।

पहिलो खोप लगाएको एक हप्ताको अवधिमा १ लाख ३७ हजार बढीले खोप लगाएको सरकारी अधिकारीहरूले जानकारी दिएका हुन् ।

बेलायतमा अघिल्लो हप्ताको मङ्गलबार ९० वर्षीय एक वृद्धालाई खोप लगाइदिएर कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको थियो ।

औपचारिक रूपममा कोरोनाविरुद्धको खोप लगाउने कार्य पनि बेलायतबाटै शुरु भएको हो । बेलायतको सरकारी निकायले फाइजर बायोएनटेकको खोप आपत्कालीन अवस्थाका सङ्क्रमितलाई प्रयोग गर्न स्वीकृति दिएको थियो ।

स्वास्थ्य तथा सामाजिक सेवा विभागले दिएको जानकारीअनुसार देशभरी अहिलेसम्म एक लाख ३७ हजार ८९७ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ । तीमध्ये झण्डै एक लाख आठ हजार जना इग्ल्याण्डका मात्रै रहेका छन् ।

प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाविरुद्धको खोप दिने कार्य उत्साहजनक रूपमा अगाडि बढीरहेको बताउँदै यसलाई “राम्रो शुरुआत”को रूपमा लिन आह्वान गर्नुभएको छ ।

बेलायतले चार करोड खोप माग गरिसकेको छ भने त्यसले दुई करोड मानिसलाई पुग्ने छ । यो खोप हरेक व्यक्तिलाई २१ दिनमा दुई पटक दिनु पर्ने खोप निर्माताहरूको सिफारिस छ ।

पहिलो चरणमा आठ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने बेलायतको योजना रहेको पनि प्रधानमन्त्री जोनसनले जानकारी दिनुभएको छ ।

बेलायतमा सबैभन्दा बढी प्राथमिकता ८० वर्ष माथिका ज्येष्ठ नागरिक र स्वास्थ्यकर्मीहरूलाई दिइएको छ भने अन्यलाई प्राथमिकता निर्धारण गरेर दिइने भएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर बेलायतमा अहिलेसम्म झण्डै ६५ हजारको मृत्यु भएको छ भने कूल झण्डै १९ लाख मानिस सङ्क्रमित भएका छन् ।

विश्वभरी अहिलेसम्म सात करोड ३९ लाख ६७ हजारभन्दा बढी सङ्क्रमित हुँदा १६ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ९ : २८ बजे

गाजामा पीडाबारे इजरायली मिडियामा परिवर्तनशील धारणा

तेल अभिव- गाजामा जारी युद्धको समाचार इजरायली मिडियामा पछिल्ला दिनमा

वर्षमानले भने- नेपालमा बिचौलिया पुँजीवाद हाबी भयो

गलकोट– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उप–महासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान

एमाले विधान महाधिवेशन : अध्यक्ष ओली, महासचिव पोखरेल र उपाध्यक्ष पौडेलको प्रतिवेदन सर्वसम्मतिले पास

ललितपुर– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीकोसहित

लहानमा ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण

सिरहा– मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ– बन्दिपुर गाउँपालिका-१ नाहालास्थित सडकमा बा.प्र ०६-००१ प ९२३३ नम्बरको मोटरसाइकललाई ग.२