तीनकुनेको झाडीमा अलपत्र भेटिएकी आमाको मृत्यु, यसरी छाडेर जाने को होलान् ? « Khabarhub

तीनकुनेको झाडीमा अलपत्र भेटिएकी आमाको मृत्यु, यसरी छाडेर जाने को होलान् ?


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एउटी आमालाई काठमाडौंको तीनकुनेमा अलपत्र अवस्थामा फालेर हिड्ने सन्तानको खोजीका लागि मानवसेवा आश्रमले सामाजिक सञ्जालमा ती आमाको तस्वीरहरु सार्वजनिक गरेको छ ।

मानव सेवा आश्रमले बिरामी अवस्थामा फेला परेकी ती आमाको तीनकुनेबाट उद्धार गरेपनि उनको मृत्यु भएको छ ।

मुना मानवसेवा नामको फेसबुकमार्फत उनका छोराछोरीलाई चिन्नेहरुका बारेमा खबर गरिदिनु भन्दै तस्वीर सार्वजनिक गरिएको छ ।

 

फेसबुकमा यस्तो लेखिएको छ 

यस्तो छ हाम्रो समाज – जन्मदिने आमालाई यसरी फ्यालिदिने महा मानव ति छोरा अनि सन्तानको अनुहार हेर्न मन छ ।😌

मेरो मृत्युबाट तिमी खुशी हुन्छौ भने तिम्रो लागि हाँसीहाँसी मृत्यु वरण गर्न तयार छु छोरा !

तिम्रै सफल र असल जीवनकै लागि त नौ नौ महिना सम्म कत्ति पनि अफ्ठेरो नमानी पेटमा बोकेर हिँडे, प्रसव पीडा सहेर यो धर्ति देखाएँ अनि तिमीलाई समाजमा लायक बनाएँ ।

तिम्रो लागि म लायक बन्न सकिन होला छोरा त्यसैले त चिन्दै नचिनेका मानिसको काखमा अन्तिम श्वास फेर्ने अवस्था आयो ! सायद तिम्रो काखमा जीवनका अन्तिम पलहरु बिताउन मैले भाग्यमा ल्याएको थिइन होला छोरा !
सधै खुशी रहनु छोरा ! मेरो शुभ-आशिर्वाद !!

(काठमाण्डौ तिनकुनेको झाडीबाट हिजो राति उद्धार गरिएकी आमालाई बचाउन सकिएन)

यस्ती आमालाई झाडीमा ल्याएर फ्याल्ने उनको परिवारलाई खोज्न यो पोष्ट सक्दो सेयर गरिदिनुहुन अनुरोध छ ।

यो हद सम्मको “कु” गर्नेलाई सामाजिक बहिस्कार गरौं । आमाको घरपरिवारलाई कसैले चिन्नुहुन्छ भने ९८५५०७६००४ मा सम्पर्क गरी जानकारी गराउनहुन सादर अनुरोध छ ।

अपराधको पराकाष्ट, अमानवीयताको सीमा नै पार गरी यी आमालाई झाडीमा फ्यालिएछ । उद्धार गरी अस्पताल लादा लादै आमाको मृत्यु भयो । आमालाई बचाउन त सकिएन तर आमालाई झाडीमा ल्याएर छाड्ने महामानवलाई देख्ने ईच्छा भयो ।

आमाको स्वार्गमा बाँस होस् ,स्वार्गिय आत्माप्रती भावपुर्ण श्रद्धाञ्जली ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १ : ०५ बजे

‘पैदलयात्री बस्ने सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालिएको हो, हटाइएको होइन’

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूको करिडोरमा पैदल यात्रीलाई

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी