कोरोनाको मृत्युमा फेरि नयाँ रेकर्ड, एकैदिन १३ हजारभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

कोरोनाको मृत्युमा फेरि नयाँ रेकर्ड, एकैदिन १३ हजारभन्दा बढीको मृत्यु


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा  १३ हजार १५९ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि एकैदिन १३ हजार संक्रमितको मृत्यु भएको थिएन । चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर १६ लाख ५४ हजार ६२ जनाको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ६५६ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै इटालीमा ६६ हजार ५३७ संक्रमितको मृत्यु भएको छ । यस्तै बेलायतमा ६५ हजार ५२० संक्रमितको मृत्यु भएको छ ।

संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ४ लाख ६१ हजार ३४१ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ हजार २४५ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ३ लाख १४ हजार ३४७ जनाको मृत्यु भएको छ । संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो ।

यस्तै मेक्सिकोमा १ लाख १५ हजार ९९ जनाको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै चौथो स्थानमा छ ।

यस्तै एसियाली मुलुकमा ३ लाख १६ हजार ७१७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४७७ जनाको मृत्यु भएको छ ।

एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ४४ हजार ४८७ जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।

यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख ४३ हजार ९३२ संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ८३ हजार ८२२ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा संक्रमणले मृत्यु हुनेको संख्या ५७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा अफ्रिकी महादेशमा ३४६ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा दक्षिण अफ्रिका संक्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । त्यहाँ यो समाचार तयार पार्दा २३ हजार ८२७ संक्रमितको मृत्यु भएको छ । यस्तै ओसियानामा १ हजार ४१ संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या २ करोड ५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ८२ हजार ५०९ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड ५ लाख १३ हजार ८७२ पुगेको छ । यसमध्ये १ लाख ७ हजार २३४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ७ करोड ४४ लाख ८२ हजार ४१६ पुगेको छ । त्यसमध्ये ५ करोड २३ लाख १४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ६ : २५ बजे

श्रीमतीको हत्या गरी फरार तामाङ नुवाकोटबाट पक्राउ

काठमाडौं – शङ्खरापुर नगरपालिका–९ सानागाउँमा श्रीमतीको हत्या गरी फरार पदमबहादुर

पहलगाम घटनापछि पाकिस्तानीलाई भारत छोड्न निर्देशन, सिन्धु जल सम्झौता पनि खारेज

काठमाडौं – काश्मिरको पहलगाममा भएको आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कठोर निर्णय

तराईमा आगामी दुई दिन अत्यधिक गर्मी हुने, सावधानी अपनाउन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी

कश्मिरमा मारिएका सुदीपको शव आजै लखनउ हुँदै बुटवल ल्याइने

काठमाडौं – काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा

धनगढीलाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

काठमाडौं – पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश