रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा बराबरीमा रोकियो युभेन्टस « Khabarhub

रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा बराबरीमा रोकियो युभेन्टस


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्टार खेलाडी क्रिस्टियानो रोनाल्ड पेनाल्टीमा  चुक्दा सिरि ए फुटबलमा युभेन्ट्सले एटलान्टासंग १–१ गोलको बराबरीमा रोकिएको छ ।

बुधबार राति घरेलु मैदानमा रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्सले बराबरी खेल्दै अंक बाँढ्न परेको हो । युभेन्ट्सले सिरि ए फुटबलको यस सिजनका १२ खेल मध्य ६ खेलमा बराबरी खेलेको छ ।

फेडरिको चियासाले साविक विजेता युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । युभेन्ट्सका लागि उनले पहिलो लिग गोल गरेका हुन् ।

रिमो फ्रियुरले तालिकाको मध्य भागमा रहेको एटलान्टाका लागि बराबरी गोल फर्काएका थिए ।

चियासालाई डिबक्सभित्र लडाएपछि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो । रोनाल्डोलाई पेनाल्टी सफल बनाउँदै खेल जित्ने अवसर समेत थियो । तर पियरलिगी गोलिनीले रोनाल्डोको प्रहारको सही अनुमान लगाए ।

एस्टन भिल्लाका पूर्वगोलकिपरले रोनाल्डोको पेनाल्टी बचाउ गर्दै अल्भारो मोराटालाई समेत निराश बनाए ।

सिरि ए फुटबलका पछिल्ला नौं लिग उपाधि जितेको युभेन्ट्स लिगका १२ खेलमा अपराजित छ ।

युभेन्ट्स तालिकाको तेस्रो स्थानमा रहेको छ । र शीर्ष स्थानको एसी मिलान भन्दा चार अंकले पछि छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १० : १० बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको