रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा बराबरीमा रोकियो युभेन्टस « Khabarhub

रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा बराबरीमा रोकियो युभेन्टस


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्टार खेलाडी क्रिस्टियानो रोनाल्ड पेनाल्टीमा  चुक्दा सिरि ए फुटबलमा युभेन्ट्सले एटलान्टासंग १–१ गोलको बराबरीमा रोकिएको छ ।

बुधबार राति घरेलु मैदानमा रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्सले बराबरी खेल्दै अंक बाँढ्न परेको हो । युभेन्ट्सले सिरि ए फुटबलको यस सिजनका १२ खेल मध्य ६ खेलमा बराबरी खेलेको छ ।

फेडरिको चियासाले साविक विजेता युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । युभेन्ट्सका लागि उनले पहिलो लिग गोल गरेका हुन् ।

रिमो फ्रियुरले तालिकाको मध्य भागमा रहेको एटलान्टाका लागि बराबरी गोल फर्काएका थिए ।

चियासालाई डिबक्सभित्र लडाएपछि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो । रोनाल्डोलाई पेनाल्टी सफल बनाउँदै खेल जित्ने अवसर समेत थियो । तर पियरलिगी गोलिनीले रोनाल्डोको प्रहारको सही अनुमान लगाए ।

एस्टन भिल्लाका पूर्वगोलकिपरले रोनाल्डोको पेनाल्टी बचाउ गर्दै अल्भारो मोराटालाई समेत निराश बनाए ।

सिरि ए फुटबलका पछिल्ला नौं लिग उपाधि जितेको युभेन्ट्स लिगका १२ खेलमा अपराजित छ ।

युभेन्ट्स तालिकाको तेस्रो स्थानमा रहेको छ । र शीर्ष स्थानको एसी मिलान भन्दा चार अंकले पछि छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १० : १० बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका