सरकारको विरोधभन्दा विकासका समाचारमा ध्यान दिउँ– मन्त्री ढुंगेल « Khabarhub

सरकारको विरोधभन्दा विकासका समाचारमा ध्यान दिउँ– मन्त्री ढुंगेल


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विकास निर्माण सम्बन्धि समाचारमा ध्यान दिन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आग्रह गरेका छन्।

रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका, ६ खिम्तीको तामाकोशी जनजागृति माध्यमिक विद्यालयको भवन हस्तान्तरण गर्दै उनले विकास निर्माणको समाचार सम्प्रेषण गर्न सुझाएका हुन्।

‘अहिले कच्ची भए पनि टोल–टोलमा बाटो पुगेको छ, कतै राम्रो बन्दै छ, यसको बारेमा कहीकतै समाचार छापिएको पाइँदैन्,’ उनले भने, ‘स्कुलका भवन बनेका छ्न्, विकासका कामहरु भएका छन्, यसको बारे कहाँ लेखिएको छ?’

मन्त्री ढुंगेलले अरु विकासका काम जस्तै कृषिमा समेत धेरै अनुदान आएको तर समाचार नलेखिएको बताए। उनले सरकारको विरोध र निरासाजनक समाचारमा मात्र ध्यान केन्द्रित नगर्न अनुरोध गरे।

कार्यक्रममा बोल्दै गाउँपालिकाकी कार्यबाहक अध्यक्ष दीपशिखा दाहालले तामाकोशी विद्यालय जिल्लाकै उत्कृष्ट भएको बताइन्।

कार्यक्रममा प्रदेश सांसद शान्ति पौडेल, पूर्व सांसद तारानारायण श्रेष्ठ, नेकपा रामेछापका सचिवालय सदस्य तथा क्षेत्र ‘क’का संयोजक पुरुषोत्तम कडरियाको उपस्तिथि रहेको थियो। कार्यक्रमको अध्यक्षता स्कुल व्यवस्थापन समिति तथा लिखुतामाकोशी वडा ६ का वडाध्यक्ष शिव न्यौपानेले गरेका थिए।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १२ : ३५ बजे

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको