मन्त्रिपरिषदभन्दा मालपोत शक्तिशाली, नेताभन्दा कर्मचारीको हालीमुहाली ! | Khabarhub Khabarhub

मन्त्रिपरिषदभन्दा मालपोत शक्तिशाली, नेताभन्दा कर्मचारीको हालीमुहाली !


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले विप्लव नेकपामाथि सरकारले लिएको रणनीतिलाई मुख्य समाचारका रुपमा छापेको छ । वार्तामा आए स्वागत नआए ‘एक्सन’ शीर्षकमा समाचार छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको सरकारले वार्ताका लागि आए स्वागत गर्ने नआए एक्सनको नीति नछाड्ने बताएको छ ।

पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले सरकार लक्षित कार्यक्रम घोषणा गरेर प्रधानमन्त्रीदेखि मन्त्रीहरु सहभागी हुने कार्यक्रमलाई रोक लगाउने बताउँदै आएको बेला सररकारले भने हिंसाको बाटोबाट समस्याको समाधान ननिस्कने भन्दै वार्तामा आए स्वागत गर्ने नआए हिंसात्मक बाटोलाई छुट नदिने बताएको हो ।

त्यस्तै पत्रिकाले मिर्गौला बिरामीको संख्या बढ्दै शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । समाचारमा जनाइएअनुसार वर्षेनी ३ हजारको मिर्गोला फेल हुने गरेको, ३० लाख नागरिकमा मिर्गौला फेल हुने र १४ सय जनाको मिर्गौला पत्यारोपण भएको उल्लेख छ ।

त्यस्तै पत्रिकाले आठौं राष्ट्रिय खेलकुदमा देखिएको समस्याको विषयलाई पनि ‘चट्टानजस्तो मैदानमा चोटसँग जुध्दै खेलाडी’ शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । नेपालगन्जमा जारी खेलकुद प्रतियोगिता अव्यवस्थित, भद्रगोल मात्र छैन खेलाडीहरुले मैदानबाट खेल सकेर बाहिर निस्कँदा युद्ध जितेकै महशुस गर्छन् ।

चट्टानजस्तो मैदानमा प्रतिस्पर्धा भएका कारण कबड्डी, हक्की, ह्याण्डबल, फुटबल, भलिबलका खेलाडीहरु अत्याधिक घाइते भएको छन् । यी खेलहरु स्कुल तथा क्याम्पसका चौरमा खेलाइएको छ ।

त्यस्तै ललिता निवास जग्गा हिनामिना प्रकरणको समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । सो जग्गाका विषयमा ‘मन्त्रिपरिषदभन्दा मालपोत शक्तिशाली, नेताभन्दा कर्मचारीको हालीमुहाली शीर्षकमा समाचार छापिएको छ । मन्त्रिपरिषदको निर्णयलाई मालपोतले नटेरेको समाचारमा उल्लेख छ ।

त्यस्तै पत्रिकाले नेकपा एकताः अझै भएन सहमति शीर्षकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता टुंगो लगाउन शीर्ष नेताका बीचमा छलफल भए पनि सहमति हुन नसकेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ६ : ३० बजे

समयमै निर्वाचन र जेनजीका माग सम्बोधन हुने गरी संविधान संशोधन जरुरी : संयोजक प्रचण्ड

महेन्द्रनगर (धनुषा)- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल

जेन-जी आन्दोलनमा यसरी ध्वस्त पारियो कलंकी मालपोत

काठमाडौं- भदौ २३ गते १३ देखि २७ वर्ष उमेर समूहका

प्रधानमन्त्रीलाई भेटेर कलाकारहरूले भने- देश सम्हाल्न आएकी आमालाई हामी साथ दिन्छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई देशका नौ जना चर्चित कलाकारहरूले बुधबार

‘लुसिफर’को आरोप खेपिरहेका बालेनको प्रश्न : अरूलाई दोष दिन नेताहरूलाई लाज लाग्दैन ?

काठमाडौं- जेन-जी आन्दोलनका बेला सिंहदरबार र संसद् भवन जोगाउन दमकल

भारतीय राष्ट्रपति मुर्मू सवार हेलिकप्टर हिलोमा फस्यो, प्रहरीले धकेलेर निकालिदिए

केरला- भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सवार हेलिकप्टर बुधबार अवतरणपछि हिलोमा