अबको चुनौती लोकतान्त्रिक गणतन्त्रको रक्षा : गुरुङ « Khabarhub

अबको चुनौती लोकतान्त्रिक गणतन्त्रको रक्षा : गुरुङ


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने चुनौती रहेको बताएका छन ।

बिहीबार बिहान भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको कोणबाट हेर्दा राष्ट्रिय स्वाधीनतामाथि गम्भीर समस्या पैदा भएको बताए ।

उनले कस्ता चुनौती र समस्या पैदा भएको भन्नेबारे थप केही प्रष्ट पारेनन् ।

गुरुङले प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने चुनौती सामना गर्नुपर्ने पनि बताए । अहिले देखिएका समस्याहरू लोकतान्त्रिक विधिबाट हल गर्न सकिने उनको भनाइ छ ।

उनले आफ्नो पार्टीको समस्याप्रति संकेत गर्दै भने ‘अहिले राजनीतिक र वैचारिक समस्याहरू छन, ती समस्या समाधान गर्न छलफल, बहस र अन्तरक्रिया चलेका छन्, यसलाई नकारात्मक नभई सकारात्मक रुपमा लिनुपर्छ ।’

मुलुकमा देखा परेका समस्या समाधानका लागि जनता पनि एकताबद्ध भई अगाडि बढ्नु पर्ने उनले बताए । कतिपय विषयहरू पार्टी पंक्तिबाट निकास हुन नसकेको अवस्थामा त्यसबारेमा सार्वजनिक रुपमा छलफल पनि हुनेको भनाइ छ ।

गुरुङले भने, ‘अहिलेको बहस भनेकै हामी लोकतान्त्रिक बाटोबाट जान्छौँ कि भिन्न मतलाई निषेध गरेर एकाधिकार सोच र चिन्तनबाट जान्छौं भन्ने हो, ।’

कम्युनिष्ट पार्टीभित्र बहस र छलफल चलिरहने र लोकतान्त्रिक विधिबाट अगाडि बढे छिटो सकारात्मक परिणाम निस्कने उनको भनाइ छ । एक अर्कालाई निषेध गर्ने बाटोले नकारात्मक परिणाम ल्याउने उनले बताए ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ३ : २३ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी