सार्वजनिक जग्गा दाबी गर्दै अदालतमा ५५० मुद्दा, कसरी हुन्छ व्यक्तिका नाममा ? | Khabarhub Khabarhub

सार्वजनिक जग्गा दाबी गर्दै अदालतमा ५५० मुद्दा, कसरी हुन्छ व्यक्तिका नाममा ?


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजका नयाँ पत्रिका दैनिकले सार्वजनिक जग्गा दाबी गर्दै अदालतमा पाँच सय ५० मुद्दा शीर्षकमा समाचार छापेको छ । सर्वोच्च अदालतमा चार सय, उच्च र जिल्ला अदालतमा डेढ सय मुद्दा विचाराधीन रहेको समाचारमा उल्लेख छ ।

पत्रिकाले प्रधानन्यायाधीशकै आदेशमा सार्वजनिक जग्गा व्यक्तिको नाममा शीर्षकमा पनि समाचार छापेको छ । सर्वोच्चमा आएका सार्वजनिक जग्गासम्बन्धी मुद्दामा प्रधानन्यायाधीशकै साचो धेरै हुने गरेको छ ।

प्रधानन्यायाधीशकै आदेशमा धेरै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भइसकेका छन्, प्रधानन्यायाधीश हुँदा ओमप्रकाश मिश्र र गोपाल पाराजुलीले यस्ता विवादस्पद फैसला गरेको समाचारमा उल्लेख छ ।

पाटन संयुक्त क्याम्पसको ५१ रोपनी जग्गामा व्यक्तिको दाबी, पनौतीमा प्रहरी एकेडेमीको २७ रोपनी जग्गा पनि आफ्नो नाममा दर्ता गर्न छुटेको भन्दै स्थानीयद्वारा मुद्दा परेको समाचारमा जनाइएको छ ।
कसरी हुन्छ व्यक्तिको नाममा दर्ता ?
सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने विभिन्न तरिका छन् । पहिलो, गुठीको जग्गा मोही दाबी गरेर निवेदन दिने अनि अदालतबाट आफ्नो पक्षबाट फैसला गराउने । यसरी धेरै जग्गा व्यक्तिको नाममा भएका छन् ।

दोस्रो नापीको समयमा आफूल उपस्थित हुन नसकेको, स्रेस्ता दर्ता छुटेको भनेर मालपोत कार्यालयमा उजुरी दिने । मालपोत कार्यालयले सामान्य छानविन नै नगरी जग्गा दर्ता गर्न नसकिने भनेर निर्णय गर्छ । अनि त्यसविरुद्ध अदालतमा जाने ।

मालपोत कार्यालयले छानविन गरेर विस्तृत कारण नखुलाई त्यस्ता निर्णय गरेर भूमाफियालाई नै सहयोग गर्ने प्रवृत्ति देखिएको महान्यायाधिवक्ता कार्यालयका एक अधिकारीले बताए ।

त्यस्तै जग्गा आफ्नो भएको पुष्टि गर्न भूमाफियाको समूहले सक्कलीजस्तै लाग्ने नक्कली कागजपत्र पेस गर्छन् । बढीजसो मुखियालाई तिरो तिरको तथा राजीनामा पास गरेको कागजात पेस हुने गरेको पाइएको छ । त्यसैलाई आधार बनाएर अदालतले फैसला गर्ने गरेको पाइन्छ ।

त्यस्तै पत्रिकाले राष्ट्रपतिको चीन भ्रमणको समाचारालाई पनि पहिलो पृष्ठमा छापेको छ । पारवहन प्रोटोकल र निगमको जहाज चीन उडाउने एजेन्डा समाचारमा उल्लेख छ ।

त्यस्तै पत्रिकाले ९ वैखाशमा एकता टुंग्याउने सैद्धान्तिक सहमति शीर्षकमा अर्को समाचार छापेको छ । प्रस्तावलाई अन्तिम रुप दिन आइतबार चार नेताको बैठक बोलाइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ६ : ५१ बजे

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको