प्रदेश १ मा ४७ संक्रमित थपिए, २२३ संक्रमणमुक्त « Khabarhub

प्रदेश १ मा ४७ संक्रमित थपिए, २२३ संक्रमणमुक्त


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४७ कोरोना संक्रमित थपिएका छन् भने २२३ जना निको भएका छन् ।

निको हुनेहरुमा  होमआइसोलेसनमा रहेका १९३, मेची अस्पताल र होटेल एसियाटिक आइसोलेसनमा रहेका १२-१२, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आइसोलेसन केन्द्र र विराट मेडिकल कलेजमा रहेका २-२ जना छन् ।

प्रदेश १ मा हालसम्म निको हुनेको संख्या २४ हजार २४६ पुगेको छ ।

प्रदेश १ मा बिहीबार ४७ जना कोरोना संक्रमित थपिएका छन् ।

४६७ जनाको पीसीआर परीक्षण गर्दा २४ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा १९, झापामा १५, सुनसरीमा ११, संखुवासभा र प्रदेश १ बाहिर १-१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितहरुमा विराटनगरमा १५, जहदामा २, बूढीगंगा र स्थानीय तह नखुलेका १-१, झापाको दमकमा १०, कमल गाउँपालिकामा २, गौरादह, कनकाई र शिवसताक्षीमा १-१, सुनसरीको धरानमा ६, इटहरीमा ३, दुहबी र स्थानीय तह नखुलेका १-१, संखुवासभा र प्रदेश १ बाहिरका १-१ जना छन् ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार १८७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ६ : ०९ बजे

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक