उठ्यो बारपाक, ८५ प्रतिशत घर बनिसके, भूमिहीनले बनाउन सकेनन् | Khabarhub Khabarhub

उठ्यो बारपाक, ८५ प्रतिशत घर बनिसके, भूमिहीनले बनाउन सकेनन्


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चार वर्षअघिको शक्तिशाली भूकम्पको केन्द्रविन्दु बारपाकमा निजी आवास पुनर्निर्माण ८५ प्रतिशत सकिएको छ । यहाँका सबै घरमा क्षति पुगेको थियो । धार्चे गाउँपालिका ६, काशीगाउँका मानबहादुर गुरुङले ३ लाख सरकारी अनुदान र १ लाख रुपैयाँ ऋण लिएर भूकम्प प्रतिरोधी घर बनाएको कान्तिपुरमा खबर छ ।

त्यस्तै लाभग्राहीको सूचीमा नाम भए पनि जग्गाको अभावमा यहाँका १ सय ८० पीडितले घर निर्माण शुरु गरेका छैनन् । पालुङटार नगरपालिकाका ७४, गोरखा नगरपालिकाका ४४, सिरानचोकका ११ र आरुघाटका ६ भूमिहीन पीडितको तथ्यांक प्राप्त भएको पत्रिकामा खबर छ ।

त्यस्तै शिक्षक नियुक्ति केन्द्रबाटै शीर्षकको समाचारमा शिक्षा मन्त्रालयले स्थानीय सरकारको अधिकार हस्तक्षेप गर्दै करारमा शिक्षक नियुक्ति गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई सर्कुलर गरेको छ ।

त्यस्तै चिसो खोज्दै भमरा हिँड्न थालेको, भारतीय प्रधानन्यायाधीशमाथि यौन उत्पीडनको आरोप लागेको, विप्लव समूहका तीन जना पक्राउ परेको खबरलाई प्राथमिकताका साथ छापेको छ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ६ : ५४ बजे

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन

प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् ।

पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा

बागमती– हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका विभिन्न स्थानीय तहमा किसानले पालेका पशु