उखु किसानको पैसा नतिर्ने उद्योगीलाई कारबाहीको माग  | Khabarhub Khabarhub

उखु किसानको पैसा नतिर्ने उद्योगीलाई कारबाहीको माग 


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले उखु किसानको पैसा नतिर्ने उद्योगीलाई कारबाही गर्न माग गरेको छ ।

बक्यौता रकम चुक्ता गराउनका लागि प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारवाहीको दायरामा ल्याउन कांग्रेसले सरकारसँग माग गरेको हो।

कांग्रेस संसदीय दलको कृषि तथा पशुपक्षी मन्त्रालय समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले आज एक विज्ञप्तिमार्फत सरकारले आफ्नो रोहबरमा भएको सहमतिलाई कार्यान्वयन गराउन नसक्नु अत्यन्तै दुःखद् भएको उल्लेख गरेका छन् ।

उनले उखु बिक्री वापतको भुक्तानी पाउनका लागि गरिब किसान काठमाडौँको चिसोमा चार दिनदेखि पुनः एक पल्ट आन्दोलनरत रहेका उल्लेख गर्दै तत्काल कृषकका माग कार्यान्वयन गर्न माग गरेका छन ।

उखु कृषकले आफ्नो पसिनाको मूल्य नपाउनु र बारम्बार काठमाडौँ आई आन्दोलन गर्न बाध्य हुनु अत्यन्त अन्याय र दुःखद पक्ष भएको बताउँदै नेता चौधरीले उक्त विषयप्रति सरकारको गम्भीर ध्यानकर्षण गराएका छन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १० : ५० बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित