‘चीनले म्यानमार र भारतमा अवैध हतियार पठाउँदा सुरक्षा खतरा बढ्यो’ « Khabarhub

‘चीनले म्यानमार र भारतमा अवैध हतियार पठाउँदा सुरक्षा खतरा बढ्यो’


२ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– म्यानमार र भारतमा अवैध रूपमा चिनियाँ हतियारहरूको सहज प्रवाहले क्षेत्रीय सुरक्षामा खतरा बढेको गुप्तचर एजेन्सीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार म्यानमारको सीमानामा विद्रोही समूहहरुलाई उक्साउनका लागि चीनले हतियार र गोलीहरू उपलब्ध गराउँदै आएको छ ।

यसबारे गुप्तचर एजेन्सीहरुले भारत सरकारलाई समेत सचेत गराएको जनाइएको छ ।

उनीहरुले भनेका छन्, ‘प्रमुख विद्रोही समूहहरू आसाम, मणिपुर, नागाल्याण्ड र मिजोरमका चिनियाँ गुप्तचर एजेन्सीहरूसँग नियमित सम्पर्क राख्छन् र चिनियाँ हतियारबाट फाइदा उठाउँछन् ।’

पूर्वोत्तर विद्रोही समूहलाई तालिम दिने, हतियार र गोलीको व्यवस्था गर्ने र निर्वासित आतंककारी र नेताहरुलाई सहयोग पुर्‍याउने काम भारतविरूद्ध चीनले लिएको कूटनीति-आतंकवादको पक्ष भएको उनीहरुको दाबी छ ।

भारतको उत्तरपूर्वी राज्यहरुबाट यस वर्ष मात्रै ४२३ अवैध हतियारहरु बरामद गरिएको सरकारी तथ्यांकले देखाएको छ । जसमा एके ४७, एम-१६ र चिनियाँ पेस्तोहरुसमेत रहेको जनाइएको छ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  २ : ४६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको