कोभिड–१९ को असर : विद्यालयको सामाजिक परीक्षण प्रभावित | Khabarhub Khabarhub

कोभिड–१९ को असर : विद्यालयको सामाजिक परीक्षण प्रभावित


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– लामो समयदेखि विद्यालय बन्द छन् । कैलालीको टीकापुर, लम्कीचुहालगायतका कतिपय स्थानीय तहले विद्यालय खोल्न अनुमति दिए पनि अधिकांश स्थानीय तहले अहिलेसम्म विद्यालय खोल्न अनुमति दिएका छैनन् ।

लामो समय पठनपाठन बन्द हुँदा अध्ययन गतिविधि र विद्यालयमा हुने विविध क्रियाकलापसँगै विद्यालयको सामाजिक परीक्षण कार्यक्रमसमेत प्रभावित भएको छ ।

विद्यालयको सामाजिक परीक्षण कार्यक्रममा सरोकारवाला पक्ष, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, अभिभावक, समाजसेवी, बुद्धिजीवी र विद्यार्र्थीको उपस्थिति अनिवार्य भए पनि अधिकांश विद्यालयले कोभिड–१९ का कारण सीमित व्यक्तिको उपस्थितिमा कार्यक्रम गर्न थालेका सेतीमैया मावि झुङ्गाका प्रधानाध्यापक पतिराम चौधरी बताउँछन् ।

“बाध्यता यस्तै आइलाग्यो । हामीले अनिवार्य सामाजिक परीक्षण गर्नुपर्ने हुन्छ । हामीले भेला गर्न सक्ने अवस्था छैन”, प्रधानाध्यापक चौधरी भन्छन्, “सीमित मानिस बोलाएर कार्यक्रम गर्नुपर्यो, विद्यालयमा हुने विविध गतिविधि, सरोकारवालासँग छलफल हुन सकेन ।”

गत वर्ष सरोकारवाला पक्षको बृहत् उपस्थितिमा प्रोजेक्टरको माध्यमबाट सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको राष्ट्रिय मावि मनिकापुरले पनि यस वर्ष सीमित व्यक्तिको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक शम्भुराज भट्टराईले बताए ।

“हाम्रो विद्यालयको सामाजिक परीक्षण धुमधामसँग सबैलाई बोलाएर गर्ने गथ्र्यौँ, गत वर्ष सबै अभिभावकले विद्यालयको आय–व्ययदेखि सबै गतिविधि थाहा पाऊन् भनी प्रोजेक्टरमा देखाएका थियौँ”, प्रधानाध्यापक भट्टराईले भने, “यस वर्ष २५ भन्दा बढी नागरिक बोलाउन नमिल्ने, कोरोना समुदायमा फैलिएका बेला मापदण्ड मात्र पूरा गरियो ।”

विद्यालयको सामाजिक परीक्षण कार्यक्रमको तयारीमा रहेको कन्या प्राथमिक विद्यालय पनि गत वर्षजस्तो भीडभाड नगर्ने सोचमा छ । कोरोना भाइरस सङ्क्रमणका कारण अभिभावक पनि कार्यक्रममा आउन नमान्ने र परिस्थिति पनि सहज नभएका कारण आफू त्यस्तो सोचमा रहेको प्रधानाध्यापक शान्ति नेपालीले बताइन ।

“यसपटक अभिभावक बोलाए पनि आउन मान्दैनन्, भीडभाड गरेर जोखिम बढाउन पनि भएन”, प्रधानाध्यापक नेपाली भन्छिन्, “सामाजिक परीक्षण गर्न ढिला भइसकेको छ । अब सामान्य तवरले गर्ने तयारी थालेका छौँ ।”

यस्तै जानकी गाउँपालिकास्थित गौरीशङ्कर प्राथमिक विद्यालय भगतपुरले अघिल्ला वर्षमा समयमै सामाजिक परीक्षण सम्पन्न गरिसक्थ्यो । यस वर्ष कोरोना सङ्क्रमण घट्ला कि भनेर कुरेको विद्यालय अब कागजी प्रक्रिया पूरा गर्ने तयारीमा जुटेको छ । प्रधानाध्यापक सीता चौधरीले सीमित अभिभावक बोलाएर कार्यक्रम सम्पन्न गर्ने तयारी थालेको बताइन ।

सामान्यतया विद्यालयले वर्षभरि गरेका विभिन्न गतिविधि सरोकारवालामाझ सुनाउनुपर्ने हुन्छ । यसलाई सामाजिक परीक्षण भनिन्छ । सामाजिक परीक्षण कार्यक्रमका सहभागीबाट आएको थप सुझावका आधारमा विद्यालयको आगामी वर्षका लागि रणनीति बनाउन सजिलो हुने गर्दछ । कतिपय विद्यालयले सीमित अभिभावक बोलाएर सामाजिक परीक्षण थाले पनि कतिपय विद्यालयले सुरसारसमेत गरेका छैनन् । स्थानीय तहले भने समयमै सामाजिक परीक्षण सक्न निर्देशन दिएको छ ।

विभिन्न विद्यालयको सामाजिक परीक्षण कार्यक्रममा उपस्थित हुँदा सरोकारवालाको गत वर्षजस्तो उपस्थिति नभएको र नागरिकमा पनि उत्साह नभएकाले विद्यालयले सीमित व्यक्तिको उपस्थितिमा कार्यक्रम गर्ने गरेको टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले बताए। “समय र परिस्थितिअनुसार स्वाभाविक हो”, अधिकृत अवस्थी भन्छन्, “हामीले पनि भीडभाड नगर्न भनेका छौँ ।”

सामाजिक परीक्षण भनेको विद्यालयले वर्षभरि सञ्चालन गरेका क्रियाकलापबारे अभिभावकलगायत सरोकारवालालाई जानकारी दिने एक प्रक्रिया हो । विगतका वर्षमा कार्यक्रममा बृहत् उपस्थिति हुने गरे पनि कोरोना भाइरस सङ्क्रमण फैलिएका कारण धेरै भीडभाड गर्नु नुहने चिकित्सकको सुझाव छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १२ : २० बजे

विशेष आर्थिक क्षेत्रले अहिलेसम्म कति पायो बजेट ?

काठमाडौं – नेपालमा बस्तु तथा सेवा उत्पादन गरी विदेशीलाई बेचेर

ताप्लेजुङमा धान उत्पादनमा वृद्धि

ताप्लेजुङ– यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ ।

सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं– नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती आज

सातजना प्रहरी अधिकृत दर्ज्यानी चिह्नबाट सुशोभित

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस ५ गतेको निर्णयअनुसार प्रहरी

रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री