तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन कांग्रेसको माग « Khabarhub

तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन कांग्रेसको माग


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले लामो समयसम्म सदनलाई सरकारले बन्धक बनाएको भन्दै तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको हो ।

बैठकले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यायदेश संविधानको व्यवस्था, भावना र मर्म विपरित रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश बन्ने र सर्वसत्तावादी सोचलाई अगाडि बढाउन अध्यादेश ल्याएको भन्दै खाँडले संविधानमाथि खेलबाड नगर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख सचेतक खाँडले राष्ट्रपतिको प्रमुख दायित्व संविधानको पालना र रक्षा गर्नु भएकाले सरकारले गरेका निर्णयहरु संविधानको प्रतिकुल भए सच्याउन राष्ट्रपतिको भुमिका हुने भएपनि राष्ट्रपतिले त्यो भूमिका निर्वाह गर्न असफल भएको बताए ।

विशेष अधिवेशन आह्वान गर्न कांग्रेसको गणपूरक संख्या नपुग्ने भएकाले अन्य दलको पनि साथ र सहयोगको आवश्यक पर्ने भएकाले अन्य दलसँग छलफल भइरहेको उनले बताए ।

कोरोनाको महामारी व्यवस्थापन गर्न पनि सरकार पूर्णरुपमा असफल भएको कांग्रेसको ठहर छ । त्यस्तै कांग्रेसले उखु किसानको आन्दोलनलाई समर्थन गर्ने भन्दै उखु किसानका मागप्रति सरकार गम्भिर भएर तत्काल भुक्तानी गर्ने व्यवस्था गर्न आग्रह गरेको छ ।

बैठकले मोरङमा भएको शिक्षक हत्याका घटनाको निन्दा गर्ने र हत्यारालाई कानुनी कारबाही गर्न माग गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  २ : ०७ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद