जनता आवास कार्यक्रम : दोस्रो किस्ता नपाएपछि ११ सय दलितका घर अलपत्र « Khabarhub

जनता आवास कार्यक्रम : दोस्रो किस्ता नपाएपछि ११ सय दलितका घर अलपत्र


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- जनता आवास कार्यक्रमबाट निर्माण हुन लागेका डोल्पाका एक हजार एक सय घर अलपत्र परेका छन् । त्रिपुरासुन्दरी नगरपलिका–१ त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा निर्माण हुन लागेका जनता आवासका बस्ती पूर्ण रुपमा निर्माण नभई अलपत्र परेका छन् ।

पहिलो किस्ता रकम दिएर पाँचवर्षे योजना बनाइ जनता आवास कार्यक्रम सञ्चालन गरिएको थियो । तर पहिलो किस्ताको रकम दिएर, दोस्रो किस्ता नदिँदा यहाँ निर्माण भएका आधा घर भत्किन थालेका हुन् । निम्नवर्गका आयस्रोत कम भएका दलित समुदायको लागि बासस्थानको व्यवस्था गर्नको लागि सरकारले जनता आवासको कार्यक्रम सञ्चालन गरेको थियो ।

नेपाल भरिनै लागू गरेको सो कार्यक्रमलाई निरन्तर रुपमा तीव्रता दिन सकेको देखिदैन् । डोल्पा जिल्लाका जम्मा एक हजार एक सय जनता आवासअन्तर्गतका दलित समुदायका घर आधा बनेकाले धेरैले पहिलो पेश्की पाइसकेका छन् भने कसैले पहिलो पेश्की पनि नपाएको गुनासो गरेका छन् । विगत दुई वर्षदेखि आवश्यक बजेट नपाउँदा घर अलपत्र परेको त्रिपुरासुन्दरी नगरपालिका–२ रुमका टंक सुनारले गुनासो गरे ।

पहिलो पेश्कीमा जम्मा ५० हजार रुपैयाँ उपलब्ध गराइएको थियो । सो रकम दिएको दुई वर्ष बितेपनि अन्य रकम नदिँदा दलित समुदायका घर जग हालेर अलपत्र भएका हुन् । कसैलाई पहिलो किस्ता पनि नदिएर रोकेको बताइएको छ । कुनै पनि आर्थिक स्रोत नभएकाले जगदेखि ढोकासम्मको निर्माण भए पनि आफ्नै लगानीले चुलीसम्मैको घर निर्माण गर्न सक्ने अवस्था नरहेको दलित समुदायको गुनासो छ ।

सरकारले किस्ता किस्ता गरी रकम उपलब्ध गराइ घर निर्माण गर्ने आस दिएको तर अहिलेसम्म कुनै वास्ता नगरेको बताइएको छ । विगत केही महीना अघिदेखि जनता आवास कार्यलयमा कुनै पनि कर्मचारी छैनन् ।

घरमा छाक टार्नै मुस्किल परेको बेलामा घर पूरै निर्माण गर्न कठिन परेको उनीहरुको गुनासो छ । यो कार्यक्रम लागू गरेको डोल्पामा दुई वर्ष पुगि सक्दा पनि सरकारले यसको निर्माण कार्यमा ध्यान दिएको छैन ।

सङ्घीय एकाइ कार्यालयका कर्मचारी गोपाल सार्कीले पहिला सहरी विकासअन्तर्गत रहेको यो कार्यक्रम समायोजन भएपछि भौतिक मन्त्रालयले जिम्मा लिएको बताए । सार्कीका अनुसार डोल्पाका नौ वटा गाविसमा यो कार्यक्रम लागू भएको छ लाँहा, सर्मी, नर्कु, कालिका त्रिपुराकोट, पाहाडा दुनै, जुफाल, रुम रल्लीमा काम भइरहेको छ।

आर्थिक अवस्था न्यून भएका दलित बस्तीमा दलित आवास निर्माण गर्ने राज्यले जिम्मा लिएपछि दलित समुदायका स्थानीय बासीमा खुसी छाएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ९ : ३८ बजे

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा