‘शिक्षालाई व्यवहारिक र सिपमूलक बनाउन आग्रह ’ | Khabarhub Khabarhub

‘शिक्षालाई व्यवहारिक र सिपमूलक बनाउन आग्रह ’


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विद्यालय राम्रो बनाउन शिक्षकलाई अभिभावकले खबरदारी गर्न जरुरी रहेको बताएका छन् ।

हेटौँडास्थित जनप्रिय प्राविधिक विद्यालयको नवनिर्मित प्राविधिक भवनको उद्घाटन एवं विद्यालयको ३९औँ अभिभावक भेलालाई आज सम्बोधन गर्दै उनले विद्यालय राम्रो बनाउन शिक्षक, कर्मचारी, विद्यार्थी सबैले मेहनत गर्नुपर्ने बताए ।

मुख्यमन्त्री पौडेलले विद्यालय शिक्षालाई सिकाइ केन्द्रित बनाउन शिक्षक तथा व्यवस्थापनले ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले विगतदेखिको परम्परागत शैक्षिक प्रणालीलाई सुधार गर्दै व्यवहारिक र सीपमूलक बनाउनुपर्ने बताए । नयाँ पद्धति र प्रविधिको प्रयोग गरेर प्रभावकारी रुपमा विद्यार्थीलाई सिकाउन शिक्षक सक्षम हुनुपर्ने उनको भनाइ थियो ।

विगत केही वर्षदेखि पशु तथा कृषिसम्बन्धी विभिन्न तहका कक्षाहरु सञ्चालन गर्दै आएको विद्यालयको २४ कोठे भवनको उद्घाटन तथा विद्यालय परिसरमा स्थापना गरिएको आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिकको मुख्यमन्त्री पौडेलले अनावरण गरेका थिए ।

चार करोडको लागतमा निर्मित भवनमा प्राविधिक विषयको पठनपाठनका साथै प्रयोगशाला सञ्चालन हुने विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ८ : ०५ बजे

सुदूरपश्चिममा प्रचण्डकाे ‘हेड्याक’ : दलको नेतामा १६ महिनापछि खगराजकाे ‘कमब्याक’

धनगढी– नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्रचण्डलाई सुप्रिमो भन्छन् अर्थात् सुप्रिम

ढकमक्क ज्याकाराण्डा, तस्बिर खिच्नेको ताँती (तस्बिरहरू)

काठमाडौं– उपत्यका अहिले ज्याकारान्डा फुलेर बैजनी रंगको बनेको छ ।

बालेनको सचिवालय भन्छ- प्रवक्ता यथावत छन्, समितिको नेतृत्व मात्रै हेरफेर

काठमाडौं– काठमाडौं महानगरपालिकाले प्रवक्तामा नवीन मानन्धर यथावत रहेको जनाएको छ

सडक अनुगमनमा निस्किइन् उपमेयर डंगोल 

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल धुलोरहित सडक निर्माणको अनुगमनमा

हिट बन्यो ‘ऊनको स्वीटर’, फ्लपको ह्याट्रिबाट जोगिए विपीन

काठमाडौं – डेब्यू निर्देशक नवीन चौहानको फिल्म ‘ऊनको स्वीटर’ हिट