साप्ताहिक ब्रिफिङ : सुनसरी र मधेशमा तनाव, अवस्था नियन्त्रणतीर, एमाले-नेकपा मिल्दै र खुल्यो नागढुंगा सुरुङमार्ग    « Khabarhub

साप्ताहिक ब्रिफिङ : सुनसरी र मधेशमा तनाव, अवस्था नियन्त्रणतीर, एमाले-नेकपा मिल्दै र खुल्यो नागढुंगा सुरुङमार्ग   


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ?
प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री भएयता दोस्रो पटक उनी दलका नेतासँग बसेका हुन्।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग संवाद गरेका उनले देशमा संकट निम्तिएपछि अन्य दलका नेतासँग पनि संवाद अघि बढाएका हुन् ।

छलफलका क्रममा मधेसवादी दलका नेताहरूले प्रधानमन्त्री शाहलाई आन्दोलनमा उत्रिएकाहरूलाई ताकेर कम्मरमाथि गोली चलाउन कसले आदेश दियो भन्ने प्रश्न गरेका छन् ।

सामान्यतया कुनै पनि घटनामा गोली चलाउनुपर्ने अवस्था आइपरे सबैभन्दा पहिले कम्ममुनि लाग्ने गरी हान्नुपर्ने नियम छ। तर प्रहरीले कम्मरदेखि माथि छाती र टाउकोमा ताकी ताकी गोली हानेकाले आफूहरूले जवाफ मागेको बैठकमा सहभागी नेता राजेन्द्र महतो बताउँछन्।

गत आइतबार राति सुनसरीको देवानगञञ्जमा भएको घटनापछि बुधबारदेखि मधेश प्रदेश पनि अशान्त हुँदा पनि प्रधानमन्त्री तनावमा छन् । पाँचच दिनसम्म मौनता साँधेका उनी दबाब थेग्न नसकेपछि सक्रिय हुन बाध्य भएका छन् ।

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

बालेन कार्यशैलीबारे प्रचण्डको दिक्दारी : मलाई नै बोलाएर सोधे पनि हुन्थ्यो नि !

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

प्रधानमन्त्री शाहद्वारा मधेसका नेताहरूसँग छलफल

रविलाई पछ्याउँदै वालेन्द्र : मधेशवादी दलका नेतालाई सिंहदरबारमा बोलाएर थाले संवाद

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

प्रचण्डले भने स् अहंकार र घमण्ड देखाएर प्रधानमन्त्री कहीँ पुग्दैनन्, संसद्मा आएर जवाफ दिनुपर्छ
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा उपस्थित भएर वर्तमान राजनीतिक अवस्था र उठेका प्रश्नबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्रीले संसद्को सम्मान गर्दै लोकतान्त्रिक परम्परा पालना गर्नुपर्ने बताए। उनले सभामुखले पनि प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन आवश्यक पहल गर्नुपर्ने धारणा राखे।

‘प्रधानमन्त्री संसद्मा आएर स्पष्टीकरण दिनुपर्छ। सभामुखले पनि त्यसमा पहल गर्नुपर्छ। लोकतान्त्रिक प्रक्रियालाई प्रधानमन्त्रीले अवमूल्यन गर्न पाउँदैनन्,’ उनले भने, ‘प्रधानमन्त्री संसद्मा आएर बोल्दा उहाँको उचाइ नै बढ्छ। नेपाल सफल राष्ट्र बन्ने कि असफल, त्यसको जिम्मेवारी अहिले प्रधानमन्त्रीकै काँधमा छ।’

प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकार्यको प्रक्रिया अघि बढाएको उल्लेख गर्दै राजनीतिक दलहरूबीच संवाद र सहकार्यबाटै मुलुकका समस्या समाधान गर्नुपर्ने बताए।

संसदमा प्रतिपक्षीले सोधे ‘सरकार कहाँ छ ?’

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : कसलाई के भने ?

एमाले(नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीले शनिबार फेरि प्रदेश सरकार फुटाऊ र निर्माणका लागि सहकार्यका सम्झौता गरेका छन् ।

दुवै पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमा भएको सम्झौतामा भने दुवै पार्टीका नेता तथा कार्यकर्ताबीचमा उत्साह देखिएको छैन ।

शनिबार दुवै पार्टीका निश्चित नेताबीचको छलफलबाट टुंग्याइएको प्रदेश सहकार्यको सम्झौता सार्वजनिक भएपछि दुवै पार्टीका धेरै नेता तथा कार्यकर्ताले आफ्नो धारणा सार्वजनिक गर्दै असन्तुष्ट व्यक्त गरेका हुन्।

नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमाले–नेकपा सहकार्य बाध्यताले भएको बताएका छन् ।

उनले अहिलेको अवस्थामा नेकपा सरकार फाल्ने वा बनाउने कार्यमा संलग्न हुन नचाहेको तर, कांग्रेस र एमाले एउटै सरकारमा नबस्ने स्थिति आएपछि प्रदेशसभा विघटनमा जान नदिनका लागि आफूहरू सरकारमा सहभागी हुने निर्णय गरेको बताए ।

एमाले-नेकपाबीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति

शंकर पोखरेलले भने- अहिलेका घटनाको संवेदनशीलता बुझ्न र सही तरिकाले समाधान गर्न सरकार चुक्यो

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छ : प्रधानमन्त्री

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

लाप्राकबाट उदाएका ‘युक्त’ : शिखरहरू जित्दै इतिहास लेखे, हिमालकै काखमा अस्ताए
गोरखाको दुर्गम गाउँ लाप्राकबाट सुरु भएको एउटा सपना अन्ततः विश्वका अग्ला हिमालहरूको शिखरसम्म पुगेर टुंगिएको छ। त्यही हिमाल चुम्ने यात्राका क्रममा नेपाली पर्वतारोहण क्षेत्रका एक अनुभवी र साहसी आरोही पुरबहादुर गुरुङ ‘युक्त’ सधैंका लागि अस्ताएका छन्। उनलाई पाकिस्तानी हिमाल ब्रोड पिकले आफूमा समाहित गरेको छ।

पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा बिहीबार आएको हिमपहिरोमा बेपत्ता गोरखाका पुरबहादुर गुरुङको शव शुक्रबार भेटिएको हो ।

पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले ओमानकी पर्वतारोही नधिरा अहमद अब्दुल्लाह अल हार्थीसँगै गुरुङको पनि मृत्यु भएको जनाएको छ। उनी विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ नेतृत्वको टोलीका वरिष्ठ माउन्टेन गाइड तथा मुख्य सहयोगी थिए।

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिए, नेपालीसहित बेपत्ता आरोहीको खोजी जारी

देवानगञ्जका पीडितसँगको सहमतिमा स्थानीय सरकारलाई बेवास्ता गरिएको गुनासो

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

























प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ७ : ५२ बजे

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा