आठौं राष्ट्रिय खेलकुद : आशिष र सरस्वतीलाई स्वर्ण « Khabarhub

आठौं राष्ट्रिय खेलकुद : आशिष र सरस्वतीलाई स्वर्ण


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४४ औं राष्ट्रिय एथलेटिक्सको २ सय मिटर दौडमा एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरी पहिलो भएका छन् ।

दाङको बेल्झुण्डीमा भएको स्पर्धामा आशिषले निर्धारित दूरी २१.८३ सेकेन्डमा पूरा गरे । आर्मीका अभिषेक चौधरी दोश्रो तथा प्रदेश ४ का प्रकाश राना मगर तेश्रो भए । महिलाको निर्धारित दूरी तय गर्न सरस्वतीले २६.२६ सेकेन्ड समय खर्चिन् । प्रदेश ५ की जयरानी चौधरी दोश्रो तथा आर्मीकी कृष्णा चौधरी तेश्रो बनिन ।

पुरुष डिस्कस थ्रोमा आर्मीका चित्रबहादुर ओली पहिलो भए । उनले ३७.०२ मिटर टाढा फाले । प्रहरीका पुस्कल खड्का दोश्रो तथा प्रदेश १ का रन्जिल श्रेष्ठ तेश्रो भए । उक्त स्पर्धाको महिलामा आर्मीकी अमृता महतो पहिलो भइन् । अमृताले ३६.०३ मिटरको प्रदर्शन गरिन् । प्रदेश ५ की संगीता अधिकारी दोश्रो तथा एपीएफकी जितकुमारी महतो तेश्रो स्थानमा रहे ।

पुरुष हाइजम्पमा आर्मीका सूर्यबहादुर खत्रीले स्वर्ण जिते । उनले १.८५ मिटर उचाई नाघे । प्रहरीका गोपाल चौधरीले रजत तथा प्रहरीकै विकास खाँड ठकुरीले कांस्य जिते । सो स्पर्धाको महिलामा १.५० मिटर उचाइ नाघ्दै एपीएफकी शिला चौधरी शीर्ष स्थानमा रहिन् । आर्मीकी संगीता सिन्जाली दोश्रो भइन् । प्रदेश १ की विन्दु चौधरी र प्रदेश ५ की अनिता चौधरी संयुक्त रुपमा तेश्रो भए ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १० : १९ बजे

नोटबन्दी गर्ने रास्वपा सांसद्को प्रस्तावमा नेकपा सांसदको समर्थन

काठमाडौं– प्रतिनिधिसभा बैठकमा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा