बङ्गलादेशमा करिब पाँच लाख व्यक्ति कोभिड सङ्क्रमित | Khabarhub Khabarhub

बङ्गलादेशमा करिब पाँच लाख व्यक्ति कोभिड सङ्क्रमित


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबारसम्म करिब पाँच लाख पुगेको त्यहाँको सरकारले पुष्टि गरेको छ ।

शनिबार बङ्गलादेशमा थप सङ्क्रमित हुनेको सङ्ख्या एक हजार २६७ रहेको र २५ व्यक्तिको मृत्यु भएको छ ।

बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार अहिलेसम्म बङ्गलादेशमा चार लाख ९९ हजार ५६० व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने सात हजार २४२ व्यक्तिको मृत्यु भएको छ ।

मुसलमान बहुल यस मुलुकमा विगत २४ घण्टामा १२ हजार ३०० सम्भावित व्यक्तिको नमूना परीक्षण गरिएकोमा करिब १० प्रतिशत सङ्क्रमित भेटिएका थिए ।

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित चार लाख ३५ हजार ६०१ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् भने शनिबार सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ९८७ रहेको महानिर्देशनालयले जनाएको छ ।

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये १.४५ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने अहिलेसम्म ८७.२० प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।

बङ्गलादेशमा एकै दिनमा सबैभन्दा बढी जुलाई २ मा चार हजार १९ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो भने जुन ३० मा एकै दिनमा सबैभन्दा बढी ६४ सङ्क्रमितको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ७ : २५ बजे

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ