गैर स्काउटहरुको हाबी भएको भन्दै स्काउट संघर्ष समितिद्वारा प्रदर्शन (भिडियोसहित) | Khabarhub Khabarhub

गैर स्काउटहरुको हाबी भएको भन्दै स्काउट संघर्ष समितिद्वारा प्रदर्शन (भिडियोसहित)


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्काउटभित्र राजनीति हाबी भएको भन्दै‍ स्काउटकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।

नेपाल स्काउट सघर्ष समितिले लैनचौरस्थित स्काउट कार्यालयमा प्रदर्शन गरेको हो ।

स्काउटभित्र गैर स्काउटहरुको हावी भएको भन्दै स्काउटको शुद्धीकरण र सम्पती रक्षाका लागि विरोधमा उत्रनु परेको प्रदर्शनका सहभागीहरुले जनाएका छन् ।

स्काउटभित्र गैर स्काउटहरुको मनोमानी र राजनैतिक क्रियाकलाप भएको भन्दै त्यसविरुद्ध बाध्य भएर उत्रनु परेको संघर्ष समितिका संयोजक पुण्यराम गोथेले बताए ।

जिल्ला कमिटी खारेज भइरहेको अवस्थामा प्रदेश कमिटी गठन भएको तदर्थ समितिमा राजनैतिक दलका कार्यकर्ताहरुलाई राखिएको आरोप उनीहरुको छ ।

समितिले व्यक्तिगत पूर्वाग्रहबाट माथि उठेर संस्थाको रक्षाका लागि एकजुट हुन समेत सम्पूर्ण स्काउटहरुलाई आह्वान गरेको छ ।

६ महिना भित्रमा स्काउटको निर्वाचन गराइसक्नु भनेर युवा तथा खेलकुद मन्त्रालय संयोजक लोकबहादुर भण्डारीलाई जिम्मेवारी दिएको भएपनि ऐन जारी भएको २१ महिनासम्ममा पनि निर्वाचन नगरेको आरोप संघर्ष समितिले लगाएको छ ।

समितिले बिभिन्न १० बुँदे माग अघि सार्दै आन्दोलन गर्दै आएका छन् ।

हेरौँ भिडियो

 

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ८ : ५९ बजे

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्