कोरोना भ्याक्सिन भोलि कतार आइपुग्ने | Khabarhub Khabarhub

कोरोना भ्याक्सिन भोलि कतार आइपुग्ने



दोहा : फाइजर र बायोनेटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको पहिलो खोप भोलि अर्थात सोमबार कतार आइपुग्ने भएको छ ।

कतारका प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीले ट्वीट गर्दै खोप डिसेम्बर २१ मा कतारमा पुग्ने र स्वास्थ्य प्रोटोकल अनुसार सबैलाई प्रदान गरिने बताएका छन् ।

कतारका राजा अमीरको निर्देशन अनुसार कोभिड–१९ पहिलो भ्याक्सिन कतार आइपुग्ने लागेको हो । ‘महामारीका करण तहसनहस भएको जीवनलाई बिस्तारै सामान्य अवस्थामा फर्काउने र रोगको सामना गर्ने हाम्रो योजनाको सफलतामा हाम्रो गर्व व्यक्त गर्ने मार्गमा महत्वपूर्ण पाइला हो, हामी हाम्रो चिकित्सा टोली र यसमा संलग्न सबैलाई धन्यवाद दिन्छौँ,’ प्रधानमन्त्रीले ट्वीट गरेका छन् ।

कतारबाट प्रकाशित पेनिन्सुला पत्रिकाका अनुसार यसअघि एक साक्षात्कारमा स्वास्थ्य मन्त्रीका सल्लाहकार डा. अब्दुल-वहाब अल मुस्लेहले बुढाबुढी र दीर्घकालीन रोग लागेका तथा अग्रगामी श्रमिकहरूलाई प्राथमिकता दिइने बताएका थिए।

केही महिनापछि यो खोप सबैलाई उपलब्ध गराइनेछ । कतारले आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको भ्याक्सिन नि:शुल्क दिने घोषणा गरिसकेको छ ।

कतारमा कोरोना सङ्क्रमितको सङ्ख्य अहिलेसम्म १ लाख ४१ हजार ८५८ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या १ लाख ३९ हजार ५२१ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या २४३ रहेको छ । अन्य मुलुकहरुको तुलनामा कतारमा मृत्युदर कम छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ९ : ५२ बजे

सीमान्तकृत समुदायका लागि सुरक्षित आवासमा पहुँच वृद्धि गर्न जोड

काठमाडौं – आवाससम्बन्धी संविधानप्रदत्त अधिकार प्राप्तिका लागि सीमान्तकृत समुदायको सुरक्षित

अल्जेरियामा फुटबल समर्थकहरू बीच भागदौड : तीन जनाको मृत्यु, ८१ घाइते

अल्जियर्स – अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एमसीए)

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग २

पशुपतिनाथ र बुद्ध पुकार्दै कान्छारामले भने- प्रकाशमान र विष्णुलाई ०८४ पछि संसद्‍मा देख्नु नपरोस्

काठमाडौं- नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले संघीय सरकारका