मुम्बई – बलिउड अभिनेता सलमान खानको बिहेलाई लिएर उनको परिवारमा जति चासो छ, त्यति चासो फ्यानको पनि छ । बलिउडमा सलमान खानको नाम कैयन् नायिकाहरुसँग जोडिएर आउँछ । उनको नाम संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय र क्याटरीना कैफसँग पनि जोडिएर आउँछ ।
तर, सलमान खानको बिहेको कुनै टुङ्गो छैन । अहिले भने उनको बिहेलाई लिएर नयाँ कुरा चर्चामा आएको छ । खबरका अनुसार सलमान खान आफ्नो परिवारलाई माया गर्छन्, परिवारका लागि उनले जे पनि गर्न सक्छन् । कैयन् पटक उनले बिहे गर्ने योजना पनि बनाए तर उनले आफ्नो परिवारलाई भन्दा बढी महत्त्व दोस्रो व्यक्तिलाई दिन सकेनन् ।
उनलाई लाग्छ कि, यदि बिहे गरेर पार्टनरसँग सधै साथ दिनुपर्छ, जसले गर्दा परिवारलाई साथ दिनमा कम हुन्छ । यही कारण पनि सलमान खान अझै सिङ्गल छन् । सलमानले आफ्नो परिवारलाई भन्दा बढी दोस्रो व्यक्तिलाई दिन सकेनन् ।
सलमान खान सधै आफ्नो परिवारमा खुशीसाथ रहने प्रयास गर्छन् । परिवारमा समय दिन पाइँदैन कि भनेर उनले बिहे नै गरेका छैनन् भनेर भन्न थालिएको छ ।
फिल्मको कुरा गर्दा सलमान खान ‘भारत’ मार्फत दर्शकमाझ आउँदैछन् । उक्त फिल्ममा क्याटरीना कैफ, दिशा पटानी, सुनील ग्रोवरलाई पनि देख्न सकिनेछ ।
प्रतिक्रिया