अमेरिकाका भावी राष्ट्रपति बाइडेनले लगाए कोरोनाविरूद्धको खोप « Khabarhub

अमेरिकाका भावी राष्ट्रपति बाइडेनले लगाए कोरोनाविरूद्धको खोप


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाका भावी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

मोडर्नाले उत्पादन गरेको खोप बाइडेनले अमेरिका ल्याएकै दिन सोमबार लगाएका हुन् । बाइडेनले खोप लगाएको टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

खोप लगाउनु सुरक्षित छ भन्ने सन्देश दिन आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् ।

यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए ।

अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो । कोरोनाभाइरसबाट मानवीय क्षति र प्रभावितको दृष्टिकोणले अमेरिका सबैभन्दा अगाडि रहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ७ : ४९ बजे

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर