अमेरिकाका भावी राष्ट्रपति बाइडेनले लगाए कोरोनाविरूद्धको खोप « Khabarhub

अमेरिकाका भावी राष्ट्रपति बाइडेनले लगाए कोरोनाविरूद्धको खोप


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाका भावी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

मोडर्नाले उत्पादन गरेको खोप बाइडेनले अमेरिका ल्याएकै दिन सोमबार लगाएका हुन् । बाइडेनले खोप लगाएको टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

खोप लगाउनु सुरक्षित छ भन्ने सन्देश दिन आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् ।

यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए ।

अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो । कोरोनाभाइरसबाट मानवीय क्षति र प्रभावितको दृष्टिकोणले अमेरिका सबैभन्दा अगाडि रहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ७ : ४९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको