२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ७२२ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा एक, उदयपुरमा ३, ओखलढुंगामा २, खोटाङमा एक, झापामा ५, ताप्लेजुङमा एक, तेह्रथुममा २, धनकुटामा एक, भोजपुरमा एक, मोरङमा ४०, सुनसरीमा २६ र सोलुखुम्बुमा एकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को र धनुषामा ४ र बारामा एक जनामा संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौं ३००, काभ्रेमा २३, चितवनमा ३७, दोलखामा ४, धादिङमा एक, नुवाकोटमा ४, भक्तपुरमा २३, मकवानपुरमा १८, ललितपुरमा ४२, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३१, गोरखामा ३, तनहुँमा ९, नवलपरासी पूर्वमा ६, लमजुङमा ३, बागुलङमा ३ र स्याङजामा ४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा एक, गुल्मीमा ६, दाङमा ५, नवलपरासीमा ७, पाल्पामा ६, बर्दियामा १२, बाँकेमा ६, रुपन्देहीमा २० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशको जाजरकोटमा २ जना, जुम्लामा एकजना, डोल्पामा ३, दैलेखमा ३, सल्यानमा २, कालिकोटमा एक र सुर्खेतमा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी २४ घण्टाको अवधिमा सुदूरपश्चिम प्रदेशको अछाममा २, कैलालीमा ३, डडेल्धुरामा ४, बझाङमा ४ र बैतडीमा ८ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १० : १८ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर