अविश्वासको प्रस्ताव पुस ५ गते ३:३० मा दर्ता भएको संसद सचिवालयको प्रष्टोक्ति « Khabarhub

अविश्वासको प्रस्ताव पुस ५ गते ३:३० मा दर्ता भएको संसद सचिवालयको प्रष्टोक्ति


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव दर्ता पुस ५ गते अपराह्न साढे ३ बजे दर्ता भएको संघीय संसद सचिवालयले प्रष्ट पारेको छ।

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बुधबार विज्ञप्ति जारी गर्दै संघीय संसद सचिवालयमा २०७७ पुस ५ गते दर्ता गरिएको अविश्वास प्रस्तावको दर्ता समय साढे ३ बजे नै भएको जनाएका हुन् ।

उनले विभिन्न संचारमा माध्यममा आएका समाचारका सम्वन्धमा सचिवालयको ध्यानाकर्षण भएको पनि जनाएका छन् ।

‘अविश्वासको प्रस्ताव प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू समक्ष पेश गरी कार्यव्यस्था शाखा (प्रतिनिधि सभा)मा दर्ता हुने प्रचलन रहेको र पुस ५ गतेका दिन पनि सम्माननीय सभामुखज्यूलाई  सम्बोधन गरी विधिवत रुपमा पेश भइ सभामुखको तोकआदेशपछि सोही दिन अपरान्ह ३:३० बजे कार्यव्यवस्था शाखा (प्रतिनिधिसभा)मा दर्ता भएको व्यहोरा जानकारी गराइन्छ,’ प्रवक्ता पाण्डेले विज्ञप्तिमा भनेका छन् ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले भने अविश्वासको प्रस्ताव बिहान साढे १० बजे दर्ता भएको जनाएको थियो।

लगत्तै कतिपय अनलाइनमा साढे १० बजेको समयलाई टिपेक्स्ट लगाएर साढे ३ बजे बनाइएको समाचारहरू प्रकाशित भएका थिए । भ्रम फैलिएपछि सचिवालयले विज्ञप्ति जारी गर्दै प्रष्ट पारेको हो ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १ : ३३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका