पुस १ गते यता बेलायतबाट आएकाहरुलाई अनिवार्य  १० दिन क्वारेन्टाइनमा बस्न अनुरोध « Khabarhub

पुस १ गते यता बेलायतबाट आएकाहरुलाई अनिवार्य  १० दिन क्वारेन्टाइनमा बस्न अनुरोध


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट पुस १ गते यता आएका सबैलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोरानो भाइरसको प्रजाति देखा परेको सन्दर्भमा सो भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि त्यहाँबाट आएका सबैलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरेको हो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकार लागिपरेको जनाउँदै मन्त्रालयले पुस १ गतेदेखि ७ गतेभित्र बेलायतबाट वा उक्त मुलुकको बाटो हुँदै नेपाल प्रवेश गर्नुहुने सम्पूर्ण व्यक्तिहरुलाई अनिवार्य रुपमा १० दिन होटेल क्वारेन्टाइनमा बस्न अनुरोध गरेको हो ।

मन्त्रालयले सूचना जारी गर्दै नेपाल प्रवेश गरेको मितिले ७ देखि १० दिनभित्र नजिकको सकारी स्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्न समेत अनुरोध गरेको छ । उक्त परीक्षणका लागि शुल्क निलिन समेत अस्पताललाई अनुरोध गरेको छ ।

यस्तो छ सूचना 

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ४ : ५५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज