युट्युबमा हेर्नुहोस् पल, नाजिर र वर्षाको फिल्म 'वीर विक्रम २' | Khabarhub Khabarhub

युट्युबमा हेर्नुहोस् पल, नाजिर र वर्षाको फिल्म ‘वीर विक्रम २’


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षा शिवाकोटी, पल शाह र नाजिर हुसेनको शीर्ष भूमिका रहेको फिल्म ‘वीर विक्रम २’ युट्युब रिलिज गरिएको छ ।

हलमा प्रदर्शनका क्रममा दर्शकबाट सन्तोषजनक प्रतिक्रिया पाएको यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

फिल्ममा वीर र विक्रम दुई साथीको सम्बन्धलाई देखाइएको छ । यसअघि फिल्म ‘वीर विक्रम’ निर्माण भई प्रदर्शनमा आएको थियो । उक्त फिल्ममा दयाहाङ राई र अनुपविक्रम शाहीको शीर्ष भूमिका थियो ।

‘वीर विक्रम’ सफल भएपछि सोही नाम दिएर निर्देशक चाम्सले ‘वीर विक्रम २’ निर्माण गरेका थिए । तर, उक्त फिल्म भने आशा गरिएअनुरुप सफल हुन सकेन ।

फिल्ममा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, मनोज केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् भने सुदीप बरालले खिचेका हुन् । यस्तै फिल्ममा हिमाल केसीको द्वन्द्व र बनिष शाहको सम्पादन छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : ०३ बजे

रेखा सम्मिलित अबुधाबीले यूएई महिला लिगको उपाधि जित्यो

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी रेखा पौडेल

हेवा खोलाको निर्माणाधीन बेलिब्रिज भाँचियो, ६ जना घाइते

पाँचथर – मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा

हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या

हुम्ला – दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै

निर्वाचन पद्धति र प्रणालीबारे विवेचना हुन जरुरी छः सभामुख घिमिरे

काठमाडौं – सभामुख देवराज घिमिरेले शासकीय प्रणालीलाई प्रभावकारी र जनमुखी

इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न बग्दादको आग्रह

बग्दाद – वासिङ्टनको सहयोगी इजरायल र इरानबीच झडप भइरहेका बेला