दाहाल-नेपाल समूहले निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर « Khabarhub

दाहाल-नेपाल समूहले निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहले आफ्नो पार्टी आधिकारिक रहेको प्रमाणस्वरूप २८७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ।

मंगलबार बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी ३१५ सदस्यमध्ये बुधबार २८७ जनाको हस्ताक्षर र पार्टीले केपी ओलीलाई अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगलाई बुझाएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

२९० जनाको नामावली बुझाइए पनि २८७ जनाको हस्ताक्षरसहित मंगलबार पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय आयोगमा बुझाइएको पाण्डेले बताए । ३ जना भने काम विशेषले हस्ताक्षर गर्ने बेलामा छुटेकाले २८७ जनाको हस्ताक्षरसहित बहुमत पार्टी सदस्यको निर्णय आयोगमा पेस गरेको उनले बताए ।

आयोगमा पार्टी निर्णय बुझाउन नेता सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल, मुक्ति प्रधान, श्रीराम ढकाल र आफू पुगेको उनले बताए ।

उनका अनुसार तत्कालीन नेकपा–एमाले र माओवादी एकीकरण हुँदा ४४१ केन्द्रीय सदस्य थिए। पछि चार जनालाई मनोनित गरी ४४५ सदस्यी बनाइए पनि तीन जनाको मृत्यु र ८ जनाले राजनीतिक तथा संवैधानिक नियुक्ति पाएपछि नेकपामा ४३४ केन्द्रीय सदस्य छन् ।

तर, दाहाल-नेपाल समूहले पार्टी सदस्यसमेत नरहने गरी ओलीलाई कारबाही गरेको विवरण सार्वजनिक भएपछि मंगलबार ओली समूहको बैठकले ५५६ जना केन्द्रीय सदस्य थपेको छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएपछि नेकपा अनौपचारिकरूपमा विभाजन भइसकेको छ । पुस ५ यता ओली र दाहाल-नेपाल समूहको समानन्तर बैठकले आफू अनुकुलका निर्णय तीव्र पारेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ४ : ४५ बजे

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध