केसीले टी-१० लिग पुने डेभिल्सबाट खेल्ने | Khabarhub Khabarhub

केसीले टी-१० लिग पुने डेभिल्सबाट खेल्ने


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीलाई टी १० टिम पुने डेभिल्सले आबद्ध गरेको छ ।

उनलाई जारी अक्सनबाट पुने डेभिल्सले लिएको हो । तीव्र गतिका बलर करणसँगै यो सिजनको टी १० लिगमा तीन जना नेपाली खेलाडी आवद्ध भइसकेका छन् ।

यसअघि युवा स्पिनर कुशल मल्लले  बुधबार मल्ललाई टिम अबुधाबीले अनुबन्ध गरेको हो । उनी पहिलो पटक वदेशी लिगमा अनुबन्ध भएका हुन् ।

उनले पछिल्लो समय नेपालमा भएको आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए ।

टिम अबुधाबीमा नेपालका पूर्व कप्तान पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त भएसँगै कुशल इमर्जिङ खेलाडीको कोटाबाट अबुधावीमा अनुबन्ध भएका हुन् ।

यसअघि खड्काले अघिल्लो सिजनको टी १० लिग अबुधावीबाट खेलेका थिए । यो सिजनमा नेपालका सोमपाल कामी, मल्ल र केसी टी १० लिगमा अनुबन्ध भएका छन् ।

यसअघि स्पिनर सन्दीप लामिछाने र पारस खडेकाले टी १० लिग खेलेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ११ : ०७ बजे

‘नागरिकताको मुद्दामा मानिँदैन सर्वोच्चको फैसलालाई नजिर’

काठमाडौं– सर्वोच्च अदालतबाट नागरिकता प्राप्तिसम्बन्धी भएको फैसलालाई नागरिकता बनाउने निकायले

उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौं- न्याय परिषदद्दारा उच्च अदालतका रिक्त न्यायाधीश नियुक्तिको प्रकिया अघि

प्रचण्डको घोषणा- माओवादी नेता-कार्यकर्ताका सन्तान निजी स्कुल र विदेश पढ्न जाँदैनन्

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय

मधेसका स्थानीय तहसँग सङ्घीय मामिला मन्त्रालयले सहजीकरण गर्दै

वीरगञ्ज– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट ल्याउन