राजदूत आचार्य र भारतीय सेना प्रमुख नरवणेबीच भेटवार्ता « Khabarhub

राजदूत आचार्य र भारतीय सेना प्रमुख नरवणेबीच भेटवार्ता


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका लागि नेपाली राजदूत निलम्बर आचार्य र  भारतका थलसेना प्रमुख मनोज मुकुन्द नरवणेबीच भेटवार्ता भएको छ ।

भेटको विषयमा भारतीय सेनाले आफ्नो ट्वीटरमार्फत जानकारी गराएको हो ।

सोही ट्वीटमा प्रतिक्रिया जनाउँदै राजदूत आचार्यले पनि भारतीय सेनाध्यक्ष नरवणेसँगको भेट राम्रो र सुखद रहेको प्रतिक्रिया दिएका छन् ।

भेटकाक्रममा बहुपक्षीय हितका विषयमा कुराकानी भएको भारतीय सेनाले जनाएको छ । भेटमा भारतीय सेनामा कार्यरत तथा सेना निवृत गोर्खा सैनिकहरुको बारेमा समेत कुराकानी भएको जनाइएको छ ।

नेपाली सेनाको मानार्थ महारथीको उपाधी लिन हालै नेपाल आएका नरवणेको त्यसयता नेपाली अधिकारीहरुसँग भएको यो पहिलो भेट हो ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १० : ०० बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट