डिपार्टमेन्टल स्टोर र रेष्टुरेन्टमा आगलागी, अढाइ करोडको क्षति « Khabarhub

डिपार्टमेन्टल स्टोर र रेष्टुरेन्टमा आगलागी, अढाइ करोडको क्षति


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- जनकपुरधामस्थित एक डिपार्टमेन्टल स्टोर र एउटा रेष्टुरेन्टमा लागेको भीषण आगोले करिब अढाई करोड क्षति भएको छ ।

जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा बिहीबार लागेको भीषण आगो तीन घण्टापछि बल्ल नियन्त्रणमा आएको थियो ।

धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विद्युत्को तार सट लागेको आगलागीबाट करिव दुई करोड ५० लाखको क्षति भएको छ ।

जनकपुरधाम उप–महानगरपालिका कर्यालयबाट १०० दूरीमा आगलागी भए पनि उप–महानगरले वारुणयन्त्र नपठाउँदा आगो समयमा नियन्त्रणमा हुन नपाएको व्यापारीहरुले आरोप लगाएका छन् ।

धनुषा तथा महोत्तरीबाट आएका छ वटा वारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, जनकपुर विमानस्थल र महोत्तरीको जलेश्वर नगरपालिकाको वारुणयन्त्रबाट आगलागी नियन्त्रणमा आएको हो ।

जनकपुरधाम उप–महानगरपालिकामा दुईवटा वारुणयन्त्र रहे पनि महिनौँदेखि दुवै बिग्रिएर थन्किएका छन् । आगलागी हुँदा समयमै वारुणयन्त्र पठाउन नसकेको भन्दै आक्रोशित व्यापारीहरुले जनकपुरधामका प्रमुख लालकिशोर साह र उपप्रमुख रीता झाविरुद्ध केहीबेर नाराबाजीसमेत गरेका थिए ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ९ : २० बजे

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले