फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प « Khabarhub

फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरु निकै हल्लिएका र क्रिसमसका लागि भेला भएका मानिसहरु आत्तिएर सडकमा पुगेका थिए । तर भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ७.४३ बजे आएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट ११४ किलोमिटर गहिराईमा रहेको थियो । भूकम्प बान्तागास प्रान्तमा केन्द्रित थियो ।

फिलिपिन्स र आसपासका मुलुकहरु भूकम्पीय दृष्टिबाट निकै जोखिमपूर्ण मानिन्छन् । एएफपी

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १२ : ३१ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र