फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प | Khabarhub Khabarhub

फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरु निकै हल्लिएका र क्रिसमसका लागि भेला भएका मानिसहरु आत्तिएर सडकमा पुगेका थिए । तर भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ७.४३ बजे आएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट ११४ किलोमिटर गहिराईमा रहेको थियो । भूकम्प बान्तागास प्रान्तमा केन्द्रित थियो ।

फिलिपिन्स र आसपासका मुलुकहरु भूकम्पीय दृष्टिबाट निकै जोखिमपूर्ण मानिन्छन् । एएफपी

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १२ : ३१ बजे

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ