राप्रपाले पुस २७ गते पृथ्वीजयन्ती मनाउने | Khabarhub Khabarhub

राप्रपाले पुस २७ गते पृथ्वीजयन्ती मनाउने


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते विभिन्न कार्यक्रम गरी पृथ्वीजयन्ती मनाउने भएको छ ।

अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा आज बसेको पार्टी केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले ‘राष्ट्रिय एकता दिवस’का अवसरमा कोरोना महामारीलाई दृष्टिगत गर्दै सामाजिक दूरी र स्वास्थ मापदण्डको नियम पालना गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानबारे प्रकाश पार्न देशभर औपचारिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र कमल थापासमेतको उपस्थिति रहेको बैठकले केन्द्रीय नेता एवं प्रतिनिधिको उपस्थितिमा पार्टीको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण कार्यक्रम पुस महिनाभित्र ७७ जिल्लामा सम्पन्न गर्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य सुन्दर पाण्डे जानकारी दिए ।

पार्टीले यही पुस १७ गते काठमाडौँमा भेला पनि डाकेको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ५ : २४ बजे

फर्स्याइला भरत, ठट्टेउला मुन्धुमविद्

भरत तुङघङ र मेरो पहिलो प्रत्यक्ष भेटघाट संयोगले भएको थियो,

माइलस्टोनमा गृह मन्त्रालय सर्वोत्कृष्ट : लेखकको नेतृत्वमा पाँच वर्षयताकै प्रगति उच्च

काठमाडौं– नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनमा

पोखरामा बीवाईडीको नयाँ शोरूम र सिलायन ७ को शुभारम्भ

पोखरा– नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स

देउवाको निवासमा भारतीय विदेश सचिव मिस्रीलाई स्वागत

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार आफ्नै निवास

निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र उद्योगी व्यवसायीले लिन्छन् छुट 

काठमाडौं– नेपाल वायुसेवा निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र निजी