प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनीको विजयी शुरुवात « Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनीको विजयी शुरुवात


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । दाङको देउखुरीमा शनिबारबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले प्रदेश नं २ लाई ९ विकेटले हराउँदै विजयी शुरुवात गरेको हो ।

जितका लागि ७८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १६ दशमलब १ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । लुम्बिनीकी गीता गोसाईं ४२ बलमा २ चौका सहित २३ रनमा अविजित रहिन् । कप्तान नेरी थापा १३ बलमा २ चौका सहित १५ रनमा अविजित रहिन् ।

त्यसअघि लमहीको देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको प्रदेश नं २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७७ रन बनाएको थियो । प्रदेश २ का लागि ओपनर सना प्रविन र अनु चौधरीले सर्वाधिक २१–२१ रनको योगदान दिएका थिए।

लुम्बिनीकी सुस्मिता भुषालले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन्। शनिबारको दोस्रो खेलमा एपिएफले कर्णालीको सामना गर्दैछ ।

आइतबार प्रदेश नम्बर २ ले सशस्त्र प्रहरीको एपिएफसँग खेल्ने छ । दाङको देउखुरीमा आयोजित प्रतियोगितामा ७ वटा प्रदेशका प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेका छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ भने फाइनल खेल १९ गते हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ३ : २५ बजे

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

जानकी–  ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने मूल नाराका साथ बाँकेमा

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली– पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको

काठमाडौंले लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा काठमाडौं गोर्खाले लुम्बिनी लायन्सविरुद्ध

पद्मा अर्याल भन्छिन् : एमालेले दलका लागि होइन, देशका लागि नेतृत्व छान्छ

काठमाडौँ : नेकपा (एमाले) ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र

दुई कार्यकाल फर्काएर एमाले सामूहिक नेतृत्वमा चल्नुपर्छ : गोकर्ण विष्ट

काठमाडौं- नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले एघारौँ महाधिवेशनमा भदौ