देशभर २४ घण्टामा ५०० कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) « Khabarhub

देशभर २४ घण्टामा ५०० कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ७४९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ८४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४९ हजार १३२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८१९ पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये प्रदेश १ को झापामा ५, धनकुटामा ३, मोरङमा ४ र सोलुखुम्बुमा १ रहेका छन् ।

त्यस्तै, प्रदेश २ को धनुषामा २, बारामा १ र महोत्तरीमा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

वाग्मती प्रदेशको काठमाडौं २०९, काभ्रेमा १०, चितवनमा ४, दोलखामा ५, धादिङमा ३, नुवाकोटमा १, भक्तपुरमा १६, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा ४२, सिन्धुलीमा ३ र सिन्धुपाल्चोकमा ५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै गण्डकी प्रदेशको कास्कीमा ३३, गोरखामा १४, तनहुँमा २, पर्वतमा २, म्याग्दीमा ४, लमजुङमा १, बागुलङमा १ र स्याङजामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी २४ घण्टाको अवधिमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ११, गुल्मीमा ५, दाङमा २३, नवलपरासीमा ५, पाल्पामा १, प्यूठानमा ४, बर्दियामा ४, बाँकेमा १८, रोल्पामा १, र रुपन्देहीमा २८ जना संक्रमित थपिएका छन् ।

यसैगरी कर्णाली प्रदेशमा सो अवधिमा कुनै पनि नयाँ संक्रमित थपिएका छैनन् भने सुदूरपश्चिम प्रदेशको अछाममा ४, डडेल्धुरामा १ र बझाङमा १२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक

 

 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ४ : ०० बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री