२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको जानकारी दिएको छ। जसमध्ये गत २४ घण्टामा ५०० संक्रमित थपिएका हुन ।

थपिएका संक्रमितमध्ये प्रदेश १ को झापामा ५, धनकुटामा ३, मोरङमा ४ र सोलुखुम्बुमा १ रहेका छन् । त्यस्तै, प्रदेश २ को धनुषामा २, बारामा १ र महोत्तरीमा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

वाग्मती प्रदेशको काठमाडौं २०९, काभ्रेमा १०, चितवनमा ४, दोलखामा ५, धादिङमा ३, नुवाकोटमा १, भक्तपुरमा १६, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा ४२, सिन्धुलीमा ३ र सिन्धुपाल्चोकमा ५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै गण्डकी प्रदेशको कास्कीमा ३३, गोरखामा १४, तनहुँमा २, पर्वतमा २, म्याग्दीमा ४, लमजुङमा १, बागुलङमा १ र स्याङजामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी २४ घण्टाको अवधिमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ११, गुल्मीमा ५, दाङमा २३, नवलपरासीमा ५, पाल्पामा १, प्यूठानमा ४, बर्दियामा ४, बाँकेमा १८, रोल्पामा १, र रुपन्देहीमा २८ जना संक्रमित थपिएका छन् ।

यसैगरी कर्णाली प्रदेशमा सो अवधिमा कुनै पनि नयाँ संक्रमित थपिएका छैनन् भने सुदूरपश्चिम प्रदेशको अछाममा ४, डडेल्धुरामा १ र बझाङमा १२ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ४ : ३२ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ