चेल्सीमाथि आर्सनलको सहज जित « Khabarhub

चेल्सीमाथि आर्सनलको सहज जित


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रिमियर लिग फुटबलमा चेल्सीमाथि आर्सनलले सहज जित निकालेको छ ।

शनिबार राति इमिरेट्स मैदानमा भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको हो ।

प्रिमियर लिगको पछिल्ला ७ खेलमा विजयी हुन नसकेको आर्सनलले चेल्सीलाई सहजै हराएको हो ।

पहिलो हाफमै २–० को अग्रता लिएको आर्सनलले दोस्रो हाफको सुरूवातैमै ३-० को अग्रता बनाएको थियो ।

आर्सनलका अलेक्जेन्ड्रे लाकाजेटले पेनाल्टीमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ग्रेनिट जाकाले फ्रि–किकमार्फत शानदार गोल गर्दै खेल नियन्त्रणमा राखेका थिए ।

बुकायो साकाले दोस्रो हाफको सुरुवातमै आर्सनललाई ३–० को अवस्थामा पुर्‍याए ।

खेल सकिन ५ मिनेट अघि चेल्सीका टमी अब्राहमले गोल गर्दै हारको अन्तर घटाउने प्रयास गरेका थिए ।

जितसँगै आर्सनल १७ अंक जोड्दै तालिकाको १४औँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ५ : ५३ बजे

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी