लुम्बिनीको लगातार दोस्रो जित « Khabarhub

लुम्बिनीको लगातार दोस्रो जित


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रस्तावित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित हात पारेको छ।

लुम्बिनीले कर्णालीलाई ९ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।

खेलमा कर्णालीले प्रस्तुत गरेको ३५ रनको सामान्य विजयी लक्ष्यलाई लुम्बिनीले ३.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

प्रतियोगितामा टिमलाई दोस्रो जित दिलाउने क्रममा ब्याटिङमा कप्तान नेरी थापाले ९ रन , सरस्वती घर्ती मगरले ३ रन र गीता घोसाइले ४ रन बनाएका थिए ।

त्यसअघि खराब मौसमका कारण १३ ओभरमा छोट्याईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले ६ विकेट गुमाउँदै ३४ रन बनाएको थियो ।

कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ८ रनको योगदान दिइन् । मात्र ४ बलको सामना गरेकी उनले २ चौकासहित उक्त रन बनाएकी थिइन् ।

यस्तै टिमका लागि अन्शु शाक्य ७ रनमा अविजित रहिन् ।

बलिङतर्फ लुम्बिनीका लागि सुस्मिता भुषालले २ तथा सरिता जिसी र गिता घोसाईले पनि १-१ विकेट लिएका थिए ।

यो जितसँगै समूह ए मा रहेको लुम्बिनी अंकतालिकामा ४ अंक जोडेको छ । यसअघि लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले पराजित गरेको थियो । भने कर्णाली पहिलो खेलमा विभागीय टोली एपीएफसँग २ सय ४ रनले पराजित हुन् पुगेको थियो ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  २ : २५ बजे

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन