निरन्तर रुघाखोकीले सतायो भने यस्ता उपाय अपनाउनुहोस् « Khabarhub

निरन्तर रुघाखोकीले सतायो भने यस्ता उपाय अपनाउनुहोस्


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामान्यतया चिसो मौसममा रुघाखोकी बढी नै लाग्ने गर्छ । एकोहोरो खोकी लागिरहँदा दिक्क समेत लाग्छ ।

यस्ता उपाय अपनाउनुस् खोकी चट्

मह र मरिचः कफलाई पातलो र नरम बनाउनको लागि मह एक प्रभावकारी घरेलु औषधी साबित हुन सक्छ । महले एन्टिइम्फ्लामेटरीको काम गर्छ । कफको पातलो झिल्ली गलामा अड्किएको हुँदा घाँटीमा चिलाइरहेको हुन्छ र खोकी लाग्छ । अदुवाको टुक्रा महमा चोपेर चुसेमा कफसँगैको खोकीमा राहत मिल्छ ।

मरिचको सेवनले कफको प्रवाहलाई उत्तेजित पार्छ र बन्द भएको नाक पनि खुल्छ । समस्या भएको बेला एक चम्चा कालो मरिच र एक चम्चा महको पेस्ट बनाउने । त्यसमा थोरै पानी मिलाएर केहि समय उमाल्ने । यस मिश्रणको चिसो भएपछि दिनभरीमा थोरै थोरै गरेर पिउँदा फाइदा गर्छ

प्रशस्त मात्रामा तरल पदार्थको सेवनः खोकी लागेका प्रशस्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्छ । धेरै पानी पिउनु भनेको औषधी बराबर हो । पानी र अन्य तरल पदार्थको सेवनले शरिरबाट संक्रमणको बाहिर निकालेर कफसँगैको खोकीबाट राहत मिल्छ । यसको साथै तरल पदार्थको सेवनले शरिरमा लामो समयसम्म हाइड्रेट रहनुका साथ साथै कफ नरम बनाउँछ र निस्कन सजिलो हुन्छ । त्यसैले पानी प्रशस्त मात्रामा सेवन गर्नुहोस् ।

नुन पानीले गार्गलः कफसँगैको खोकीको लागि नुन र पानीको सेवन लाभदायक हुन्छ । दैनिक नियमित तरिकाले मनतातो नुन पानीले गार्गल गर्नाले कफ सबै निस्कन्छ । खोकी लाग्दा मनतातो पानीमा थोरै नुन र थोरै बेकिङ सोडा मिलाएर दिनमा ३ पटक गार्गल गर्नाले खोकी निको हुन्छ ।

सरसौको बिजः कफसँगैको खोकीको प्राकृतिक उपचारमा सरसौको बिजको उपयोग पनि लाभदायक हुन्छ । सरसौको बिजमा सल्फर पाइन्छ । जसकारण कफको प्रवाहलाई कम गर्न सहयोग गर्छ । खोकीको समस्या भएमा एक चम्चा सरसौको बिजलाई एक कप तातो पानीमा भिजाउने । कफ निस्कने खोकीबाट दिक्क हुनुभएको छ भने नियमित सरसौ भिजाएको पानी पिउनुहोस ।

कागतीः कागतीमा एन्टिबायोटिक र एन्टिअक्सिडेन्ट हुन्छ । यी गुणको कारण कागतीको प्रयोगले खोकी निको हुन्छ । कफसँगैको खोकीमा एक गिलास तातो पानीमा कागतीको केही थोपा निचोरेर पिएमा निको हुन्छ । चाँडै निको हुनको लागि यस मिश्रणलाई नियमित सेवन गर्नुपर्छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : ३८ बजे

हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पर्यटक (तस्बिरहरू)  

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’

रोजगारी मेलाबाट झापामा दुई सय ८५ जनाले पाए जागिर

सुरुङ्गा– अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २००

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)

काठमाडौँ– नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व