घाइते फुटबल खेलाडीको कतारमा उपचार गरिने | Khabarhub Khabarhub

घाइते फुटबल खेलाडीको कतारमा उपचार गरिने


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ ।

राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतार फुटबल सङ्घलाई अनुरोध गरेको थियो ।

कतारले सहमति जनाएपछि अब दुवै खेलाडीको उपचार विदेशमा हुने भएको हो । एन्फा प्रवक्ता किरण राईका अनुसार मगर र लामा घाइते भएपछि दुवैले बन्द प्रशिक्षण गुमाएका छन् । दुवै खेलाडी एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् ।

घाइते भएका कारण उनीहरुले प्रशिक्षण तथा विश्वकप फुटबलको छनोट खेल गुमाउने राईले बताए । लामाको खुट्टाको चोट बल्झिएको छ ।

उनी थ्री स्टारबाट खेल्ने क्रममा तीन वर्षअघि घाइते हुनुभएको थियो । मगर भने बन्द प्रशिक्षणका क्रममा घाइते भएका हुन् ।

उनको घुँडामा गम्भीर चोट लागेको छ । यसअघि एन्फाले नवीन महर्जन र रवीन श्रेष्ठलाई उपचारका लागि कतार पठाएको थियो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  २ : ५५ बजे

राजमार्ग अवरोध : खसीबोकाको किनबेच यथावत

काठमाडौं– लगातारको वर्षाका कारण पृथ्वीराजमार्गको मुग्लिन क्षेत्र र बीपी राजगमार्गसहित

गाजा शान्ति योजनामा प्रधानमन्त्री नेतान्याहूलाई दबाब दिने राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री

कोसी सडक एक महिनादेखि अवरुद्ध

खाँदबारी– उत्तर–दक्षिण कोसी सडकअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथांका सडकखण्ड भदौ १५ गतेको

मुस्ताङमा बाजागाजासहित सुरक्षाकर्मीले भित्र्याए फूलपाती 

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइएको छ । 

धनगढी–खुटिया सडकखण्डमा दुई पक्की पुल निर्माण

गोदावरी– धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडकखण्डमा दुई पक्की पुलको निर्माण कार्य